कालापानीमा गएर संसदको तर्फबाट विवरण पेश गर्ने मै पहिलो मान्छे हुँ : रामचन्द्र पौडेल

0
592

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानीमा सांसदहरुको टोली लिएर आफु सबैभन्दा पहिलो पटक पुगेको खुलासा गरेका छन् । नेपाल प्रेस यूयिन कास्कीले वुधवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने ,कम्यूनिष्ट पार्टीका नेता भरतमोहन अधिकारी, भीम रावल, तथ्यांक विभागका महानिर्देशलाई लिएर म कालापानीमा गएँ, त्यहाँ सैनिक व्यारेक राखिएको थियो, प्रत्यक्ष अवलोकन गरी काठमाडौं फर्किएर सबै विवरण संसदको तर्फबाट मैले प्रस्तुत गरेको हुँ । पहिलो पटक कालापानीको मुद्धाका विषयमा संसदीय टोली लिएर गएर ध्यानाकर्षण गराउने मान्छे आफु भएको पौडेलले बताए ।
इतिबेला राष्ट्रियताको सवालमा कालापानी, लिपुलेक, लिम्पुयाधुराको प्रश्न उठिरहेको छ, पौडेलले भने ,तत्कालिन अवस्थामा म सभामुख हुँदा कालापानी सम्वन्धि प्रस्ताव हामीले राखेका थियौं, ।उनले नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाएकोमा आपत्ति जनाए।
कम्यूनिष्टका केहि नेता, सांसद र स्थानिय नेताले झुटो प्रचार गरेछन् यो झुटो प्रचारको म घोर भत्र्सना गर्दछु, पौडेलले भने ।इतिहासको तथ्यलाई कसैले बंग्याउन पाईदैन भन्दै पौडेलले कालापानीको विषयलाई पहिलो पटक आफैले ल्याएको बताए ।