काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की -२ को उपचुनाबमा बुथ कव्जा गर्ने प्रयास गर्न लागिएको सुचना पाएको खुलासा गरेका छन् । बुधबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले सत्ता र शक्तिको आडमा चुनाबलाई प्रभाब पार्ने दुष्प्रयासमा लागेको जानकारी आफुले पाएको बताए । कतिपय ठाँउमा बुथ कब्जा गर्ने प्रयास गर्न लागिएको रीपोर्ट मलाइ आईरहेको छ। उनले चुनाबको पवित्रतालाई जोगाउन प्रशासनलाई आग्रह समेत गरे ।यो सरकारले गरेका कामको मुल्याङ्गन गर्ने चुनाब भएकाले जनताले जस्ताको तस्तै मुल्यांकन गर्न पाउनु पर्छ भन्दै पौडेलले प्रशासनिक शक्तिको आडमा निर्बाचन आचारसंहिता उल्लंघन नगर्न सचेत समेत गराए ।
चुनावमा हामीले उच्च व्यक्तित्वलाई उठाएका छौं, भन्दै उनले ६० वर्ष निष्ठाको राजनीति गरेका खेमराज पौडेलको पक्षमा जनलहर आएको बताए ।
कस्केली जनताले खेमराजको पक्षमा मतदान गरी उनको ब्यत्तित्वको सहि मूल्यांकन गर्ने विश्वास आफुले लिएको बताए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.