पोखरा । कास्की २ मा प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान हुँदै गर्दा पोखराको नभ प्रभात माबिमा बम विष्फोट भएको छ ।
पोखरा ९ मा रहेको नभप्रभात माविमा बम विष्फोट भएको र विष्फोटको थप विवरण आउन बाँकी छ ।
शुक्रबार मात्रै सुरक्षाकै कारण जनाउँदै डीएसपीको सरुवा गरे पनि जिल्ला प्रशासन कार्यालयको बन्दोबस्ती तथा कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।
कास्की क्षेत्र नं २ मा शनिबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।