पोखराको सरस्वती टिका र शान्ति माविमा मतदान हुँदै गर्दा बम विष्फोट

0
671

पोखरा । कास्की -२ मा प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान हुँदै गर्दा पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका माविमा बम बिष्फोट भएको छ
सरस्वती टिकाको केही पर विस्फोट भएको हो ।
बम विस्फोट भएपछि केही बेर मतदाताहरु भागाभाग गरेका थिए ।अहिले नियमित मतदान भैरहेको प्रहरीले जनाएको छ । शान्ति माविमा २ पटक विस्फोट भएको छ । मतदान सुरु भए लगत्तै एक पटक र पौने ९ बजेतिर दोश्रो पटक बम पड्किएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।शान्ति माविको पर्खाल बाहिर भएका कारण खासै क्षति छैन ।
बम पड्किएपछि केही मतदाताहरुमा त्रास बढेको र केही मत कम खस्न सक्ने आँकलन गरिएको छ
शुक्रबार मात्रै सुरक्षाकै कारण जनाउँदै डीएसपीको सरुवा गरे पनि जिल्ला प्रशासन कार्यालयको बन्दोबस्ती तथा कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।
कास्की क्षेत्र नं २ मा शनिबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।