कडा सुरक्षाको घेरा भित्र कञ्चनपुरको पुनर्वासमा मतदान हुँदै

0
743
dav

पुनर्वास ।
कञ्चनपुरको पुनर्वास ३ स्थित गोर्खा आधारभूत बिधालयको मतदान केन्द्रमा भइ रहेको उपनिर्वाचनमा ३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उप निर्वाचनमा बिहान १० बजे सम्म ३ सय ७३ मतदान भएको छ ।
कुल ११९९ मतदाता रहेको उक्त वडामा बिहान १० बजे सम्म १ सय ६० महिला र २ सय १३ जना पुरुषले मत खसाएका छन ।
जेष्ठ नागरिक क्षेत्र लामाले पहिलो मत खसाएर मतदान सुरु गरिएको कंचनपुरको पुनर्वास नगरपालिका-३ मा वडा अध्यक्ष पदका लागि आज बिहान ७ बजे देखि सुरु भएको उप निर्वाचनमा खानेपानी मन्त्री बिना मगरले मतदान गरेकी थिइन ।
बिहान ७ बजे देखि मतदान सुरु भएको मतदान अधिकृत बिनोद कुमार कर्णले जानकारी दिए । मतदानका लागि बिहानै बाट मतदान स्थलमा मतदाताहरुको घुइँचो लागिरहेको छ ।