प्रतिवद्धताबाट बिचलित नभई आत्मनिर्भर पोखरा बनाउन लागिरहने छु : विद्या भट्टराई

0
830
ljho;efnffO{ ;Daf]wg ub}{ clwsf/L kf]v/f, !^ dª;L/ M g]kfn sDo'lgi6 kf6L{ -g]skf_åf/f dªunaf/ kf]v/fdf cfof]lht ljho;efnffO{ ;Daf]wg ub}{ sf:sL– @ k|ltlglw;ef ;b:odf lgjf{lrt g]skfsf pDd]bjf/ ljbof e§/fO{ clwsf/L . t:jL/ xl/ af:tf]fnf÷/f;;

आरजू/पोखरा।

कास्की क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले जनताको बिचमा हिजो गरेका प्रतिवद्धहरुबाट कत्तिपनि विचलीत नभई भूमिहिनलाई एक वर्षभित्रमा लालपूर्जा विवरणको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।कास्की क्षेत्र नं २ मा मंसिर १४ गते भएको निर्वाचनमा विजयी भएपश्चात नेकपा कास्कीले सोमवार पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरेको विजय सभामा भट्टराईले उक्त कुरा बताउँदै अबको लक्ष्य आत्मर्भिर पोखरा भएको बताउनु भयो ।पोखरालाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्रको रुपमा विकास गर्न नसकेसम्म संमृद्ध पोखराको परिकल्पना गर्न सकिदैंन, उहाँले भन्नुभयो :“पोखरालाई अन्तराष्ट्रि पर्यटकीय केन्द्र बनाउन, नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गर्न, क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र रंगशालाको स्तरउन्नतीमा ध्यान दिनेछु ।पोखरा आफैंमा आत्मर्भिर हुनुपर्छ, सडक संजाललाई फैलाउनु पर्छ, हवाई सेवाले जोड्नुपर्छ, राष्ट्रिय गौरवका आयोजनालाई सफल बनाउन लागिरहने छु, भट्टराईले भन्नुभयो :“पोखरा आत्म निर्भर नभएसम्म संमृद्ध हुँदैन, त्यसको लागि युवा उद्यमशिलता र महिलालाई आत्म निर्भर बनाउने काममा लाग्छु ।”

महानगरका नयाँ वडामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका समस्या रहेका छन्, उहाँले भन्नुभयो :“पोखराको संमृद्धिको लागि स्वास्थ्य सुधार गर्नुपर्ने, आम्दानीका श्रोतको पहिचान गर्ने तथा शिक्षा र सामाजिक न्यायका लागि काम गर्छु, गण्डकी प्रदेशको राष्ट्रिय लक्ष्य उमेर ८२ वर्ष हो, हाम्रो औषत आयु अहिले ७१ छ, यस्को लक्ष्य वृद्धिका लागि पोषण, खानपान, र गुणस्तरीय स्वास्थ्य सेवा आवस्यक पर्छ यसतर्फ ध्यान दिनेछु ।” सोहि अवसरमा उहाँले सौर्य उर्जा अभियानलाई अगाडी वढाउने बताउनु भयो ।

नेकपा केन्द्रीय सदस्य, गण्डकी प्रदेश सहईन्चार्ज खगराज अधिकारीले विद्या भट्टराईको जित नेकपाको मात्र नभई निर्वाचनमा सहभागि सबैको भएकोले कोहि बैरी र दुश्मन नभएको बताउनु भयो । उहाँले भन्नुभयो :“अब हाम्रो बैरी पछौटेपन, अविकास, अशिक्षा र गरिबी हो, यिनिहरुलाई हटाई नेपाललाई संमृद्ध बनाउने अभियानमा लागौं ।”

केन्द्रीय सदस्य, प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले जनताले भट्टराईलाई जिताएर पार्टी एकतालाई अनुमोदन गरेको बताउनु भयो । गण्डकी प्रदेशका पाँचै ठाउँमा विजयी हुनु भनेको हाम्रो एकताले नै संभव भएको हो । उहाँले भन्नुभयो :“पार्टी अध्यक्ष, प्रधानमन्त्री केपि शर्मा ओलीले दिनुभएको निर्देशनलाई पालना गर्यौं र उम्मेदवाहरुलाई जिताउन सफल भयौं ।”

कार्यक्रममा निर्वाचन परिचालन कमिटिका कमाण्डर राजकाजि गुरुङ करण लगायतले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई शुभकामना व्यक्त गर्दै पार्टीको लक्ष्य, संमृद्ध नेपालको अभियानमा निरन्तर लागिरहन जनताले गरेको अनुमोदनले प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।