तोडियो कम्युनिष्ट किल्लाः धरान उपमहानगरको मेयरमा काँग्रेस विजयी

0
830

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन । तिलक राईले २६ हजार ७०९ मत पाएका छन् भने प्रकाश राईले २३ हजार ९१४ मत पाए हुन् ।

दुईतिहाई बहुमतको सरकारको प्रतिष्ठासँग जोडिएको उप–निर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलक राई नेकपासँग असन्तुष्ट कम्युनिष्ट मतदाताको भोट आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । जीतसंगै कम्युनिष्ट किल्ला भनेर चिनिने धरानमा कांग्रेसले आफ्नो झण्डा गाडेको छ ।
धरान प्रमुखका लागि चुनावी मैदानमा नेपाली कांग्रेसका तिलक राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाश राई, ११ स्वतन्त्र सहित २३ जना चुनावी मैदानमा उत्रिएका थिए ।

नेपाली कांग्रेसका तिलक राई २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तारा सुब्बासँग पराजित भएका थिए । सुब्बाले २० हजार ९७५ र निटकटतम प्रतिद्वन्द्वी कांग्रेसका राईले १६ हजार १०२ मत ल्याएका थिए । नगर प्रमुखमा निर्वाचित भएको एक वर्षपछि मेयर सुब्बाको मृत्यू भएको थियो ।
त्यो बेला धरानमा ७९ हजार २८२ मतदाता थिए । दुई वर्षपछि अहिले १३ हजार ५७१ मतदाता थपिएका छन् । सुब्बाको मृत्युपछि हुन लागेको नगरप्रमुखको निर्वाचन अघिल्लो पटक जस्तै सहज रुपमा जित्नेमा नेकपा ढुक्क थिएन ।
धेरै उम्मेदवार भएकोले यसपटकको उपनिर्वाचनमा सबैभन्दा लामो मतपत्र पनि धरान उपमहानगरपालिकाकै रहेको थियो ।