गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी चिप्लेढुङ्गा शाखाले मनायो तेस्रो बार्षिकोत्सब

0
1032

सरिता तिम्सिना पगेनी
पोखरा ।
गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी चिप्लेढुङ्गा शाखाले मंगलबार एक कार्यक्रमको आयोजना गरी तेस्रो बार्षिकोत्सब मनाएको छ । बार्षिकोत्सब समारोहमा बोल्दै पोखरा महानगरपालिका- ४ का महिला सदस्य सरिता पराजुलीले महिलाहरुलाई आत्म निर्भर बनाउन ब्युटिपार्लर ब्यबसायले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनु भयो । गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीले पोखरामा गुणस्तरीय सेवा प्रदान गर्दे महिलाहरुलाई सीप सिकाई रोजगारीको अवसर समेत सृजना गरेको उहाँको भनाई थियो । पोखरा -४ का सदस्य बिष्णु परियारले महिलाहरुलाई सीप सीकेर आत्म निर्भर बन्न आग्रह गर्नु भयो । पार्लरले महिलाहरुलाई एकसुत्रमा बाँधेको उहाँको भनाई थियो । गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीका सञ्चालक चिनु गुरुङले सेवाग्राहीको माग अनुरुप शाखा बिस्तार गरिएको बताउनु भयो । हामी सीप सिकाउँछौ गुरुङले भन्नु भयो – सीप सीकेकाहरुलाई रोजगारीको अबसर सृजना गर्नको लागि पनि शाखा बिस्तार गछौ । २४ बर्ष अघि पोखराको पृथ्बीचोक बाट मैले ब्युटिपार्लर ब्यबसाय शुरु गरे अहिले पोखराको न्युरोड,बगर,भाटभटेनी,दुलेगौडा लगायतका ६ ठाँउमा शाखा बिस्तार गरेकी छु गुरुडले भन्नभयो । गण्डकी प्रदेश अन्र्तगतका बिभिन्न जिल्लामा शाखा बिस्तार गर्ने योजना गरेको पनि गुरुडले सुनाउनु भयो । हाल गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी मार्फत ५० जना भन्दा बढिले रोजगारी पाएका छन् । कार्यक्रममा क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनी , नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोइराला, कास्कीका अध्यक्ष सर्मीला रानाभाट ,समाजसेबी उमा पराजुली लगायतले शुभकामना ब्यक्त गर्नु चिप्लेढुङ्गा शाखाका म्यानेजर यानी पाइजाले पोखरा पोष्ट डटकमलाई जानकारी दिनुभयो । गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमीका सञ्चालक चिनु गुरुडको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ब्युटिसियन संघ कास्कीका सचिब अस्मिता गुरुङले गर्नु भएको थियो ।