लेकसाईडमा २१ औं संस्करणको पोखरा सडक महोत्सव पौषको १२ देखि १६ गते सम्म

0
1027

आरजू/ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन रेबान पोखराले २१ औं संस्करणको पोखरा सडक महोत्सव पौषको १२ देखि १६ गते, डिसेम्वर २८,२०१९ देखि जनवरी १ २०२० सम्म तीन दिन पर्यटकीय नगरी लेकसाईडमा आयोजना गर्ने बताएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन, अधिक मात्रामा आन्तरीक तथा बाह्य पर्यटकलाई पोखरामा ल्याउन बितेका २० वर्षखेदि रेबानले सडक महोत्सव आयोजना गर्दै आएको छ । यसपालि पनि महोत्सवलाई निरन्तरता दिदैं २१ औं संस्करणको महोत्सव विशेष हुने वुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक लक्ष्मण वरालले जानकारी दिनुभयो ।

अंग्रेजी नयाँ वर्ष तथा क्रिसमस मनाउन विदेशी पाहुनाहरु पहिले पहिले नेपाल आएर पनि नयाँ वर्षको मिति नजिक आउन लाग्दा नेपालबाट बाहिरीने र कोहि भारतको गोवातिर जाने चलनलाई हामीले रोक्न सकेका छौं, वरालले भन्नुभयो :“महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोका मौलिक नेपाली संस्कृतिहरु पोखरा सडक महोत्सवका आकर्षणको रुपमा रहेका छन् ।”

“सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं” नारासहित आयोजना हुने महोत्सव लेकसाईडको तीन किलोमिटर क्षेत्रमा हुनेछ । महोत्सवमा विश्वका कुनैपनि देशका खाना तथा नेपाली खानको स्वाद लिन पाईने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

उद्घाटन भ्रमण वर्ष २०२० उद्घाटन हुने दिनमा हुन सक्छ

नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यकासाथ नेपाल भ्रमण वर्ष २०२० यसअघि नै घोाषणा गरेको हो । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन महोत्सनले टेवा पुर्याउने आयोजकको विश्वास रहेको छ । महोत्सवको उद्घाटन भ्रमण वर्ष २०२० उद्घाटन हुने दिनमा हुन सक्ने कुरा भईरहेको सल्लाहकार सूर्य भुजेलले जानकारी दिनुभयो ।

वढि पैसा लिए कारबाहि/आतिसवाजी हुन्छ

महोत्सवको बेलामा सानो होटलले पैसा धेरै लिने गरेको हामीले स्वीकार गर्छौै तर त्यो हाम्रो अगाडी हुँदैन, रुम माग्न आउँछन्, कहिंकतै वाध्य पारिएको हुनेरैछ, यो वर्ष हदैसम्म रोक्ने प्रयास गर्छौं । महोत्सव अवधिको लागि होटल, रेष्टरेन्द बन्द गराउन सक्ने पनि उहाँले बताउनु भयो । आतिसवाजी गर्ने पक्का भएको छ, सरकारसंग कुरा पनि भएको छ, अदालति हिसाबले बाटो पनि खुलेकोले सबैको सुरक्षालाई मध्यनजर गरेर आतिसवाजीको तयारी गरिएको छ तर रंगशालामा गरेको जस्तो हुँदैन, महोत्सवमा व्यवस्थित तवरले गर्छौं”, भुजेलले भन्नुभयो ।

पर्यटक स्वतन्त्रापूर्वक हिंडडुल गर्न र रमाइलो गर्न, ठगिनबाट जोगिन चाहन्छन्, अर्का सल्लाहकार गणेश बहादुर भट्टराईले भन्नुभयो :“त्यसको जवाफदेहिता हामी सबैको हुन्छ, त्यसैले सरकार, स्थानिय सरकारसंग न्यूनिकरणको लागि प्रयास गर्छौं ।” भट्टराईले हामीले हाम्रो ठाउँबाट काम गरेका छौं, सहकार्य गर्छौं तर कतिपय अन्तराष्ट्रिय ईभेन्टस्मा सूचना पुर्याउन सरकारले प्रोत्साहन नगरेकोमा दुःख व्यक्त गर्नुभयो ।

महोत्सवलाई सबैको साझा महोत्सव बनाउनु पर्छ, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले भन्नुभयो :“हामी महोत्सवको बेलामा आउन सक्ने नकारात्मक प्रवृतिगत कुराहरुलाई निरुत्साहित गर्दै सकारात्मक ढंगले एक भएर लाग्नुपर्छ, म पनि यसरी नै लाग्छु ।”

८५ लाख आम्दानी/७० लाखको हाराहारीमा खर्च

महोत्सवलाई सफल बनाउन रेबान पोखराका उपाध्यक्ष लक्ष्मण वरालको मूल संयोजकत्व र कार्यसमिति सदस्य नरेश भट्टराई, वसन्त गौतमको सहसंयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सवबाट ८५ लाख आम्दानी हुने अपेक्षा गरिएको छ भने ७० लाखको हाराहारीमा खर्च हुने अनुमान गरीएको संयोजक वरालले जानकारी दिनुभयो ।

महोत्सवमा नेपाल, भारत, पाकिस्तानका सांस्कृतिक कार्यक्रम

महोत्सवमा नेपाल, भारत, पाकिस्तानका सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम ३ किलोमिटरको क्षेत्रमा प्रदर्शन गरिने भएको छ । विभिन्न मनोरञ्जनात्मक खेलहरु, हस्तकला प्रदर्शनी, वाल उद्यान, राष्ट्रिय कलाकारहरुको लाईभ कन्सर्ट हुने भएको छ । राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाहुरे, माउन्ट ८८४८ को प्रस्तुति रहने भएको ।

लोक दोहोरी तर्फ पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कृष्ण गुुरुङ, बद्री पगेनी, प्रीति आले, राजन गुरुङ, टीका सानु, सरला पाण्डे, राजु परियार लगायतको प्रस्तुति रहने भएको छ । यस्तै हाँस्य तर्फ पोखरेली माग्ने बुढा, दीवाकर भण्डारीको समूह, मनोज गजुरेल, पुर्खे बा र स्थानिय कलाकारहरुको प्रस्तुति र रत्यौली गीत प्रतियोगिता समेत हुने भएको छ ।

पत्रकार सम्मेलन रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलको अध्यक्षतामा भएको थियो ।