भ्रमण बर्ष २०२०लाई प्रबर्द्धन गर्न महोत्सवले महत्वपुर्ण भुमिका खेल्छ: रेबान उपाध्यक्ष भट्टराई

0
802

बिगत २० बर्षदेखी रेबान पोखराले बर्षेनी अङ्ग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको पोखरा सडक महोत्सव नेपालकै ठुलो सडक महोत्सव र रमणीय महोत्सव भनेर देश बिदेशमा प्रख्यात छ। उक्त सडक महोत्सवको २१ औं संस्करण यहीँ पौष १२ गतेदेखि १६ गतेसम्म लेकसाइड पोखरामा आयोजना गर्न लागिएको रेबान पोखराका उपाध्यक्ष योगेश भट्टराईले पोखरा पोष्टलाई जानकारी गराउनुभयो।

सडकमै खाउं- सडकमै नाचौं- सडकमै रमाऔं भन्ने मुल नाराका साथ आयोजना गरिने यस सडक महोत्सवले पोखराको पर्यटन प्रबर्द्धनमा ठूलो भुमिका खेल्दै आइरहेको र आउंदै गरेको भ्रमण बर्ष सन् २०२० लाई प्रबर्द्धन गर्न समेत यसपालीको सडक महोत्सवले ठुलो भुमिका खेल्नेमा आफुहरु बिश्वस्त रहेको भट्टराईले जानकारी गराएका छन्। साथै भट्टराईले सम्पुर्ण लेकसाइडवासीलाई महोत्सव सभ्य र भब्यका साथ सम्पन्न गराउन ब्यक्तिगत तर्फबाट आफुले सक्ने सहयोग गर्न समेत हार्दिक अनुरोध गरेका छन। यस महोत्सवले नेपालको संस्कृति जोगाउन र बिश्वमाझ नेपाली संस्कृति चिनाउन बिशेष भुमिका खेलेको समेत भट्टराईले जनाए।

उक्त महोत्सवमा प्रख्यात कलाकारहरुद्वारा दिउँसो लोक-दोहोरी, दोहोरी लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने र राति पप कन्सर्ट, रक म्युजिक लगायतका विभिन्न आधुनिक सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ। साथै विभिन्न हास्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमको समेत प्रस्तुति रहने छ।