१३ औं साग:महिला फुटबलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित

0
840

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।पोखरा रंगशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।
भारतलाई जित दिलाउन बालादेबीले निर्णायक गोल गरिन् । उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन् ।
लिग चरणको अन्तिम खेलमा पराजित भएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ । र, नेपालले कम्तिमा रजत पक्का गरेको छ ।
अब नेपालले स्वर्णको लागि भारतसँगै खेल्नेछ ।
महिला फुटबलमा माल्दिभ्सले कास्य जितेको छ ।
फोटो :साग प्रचार प्रसार समिति पोखरा