क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) कास्कीले नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा सम्वाददाता राजेन्द्रप्रसाद अधिकारीलाई प्रहरीले मानसिक यातना दिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सोमबार क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीद्वारा जारी विज्ञप्तीमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरित हुने ठहर छ ।
डब्लु.डब्लु.जे द्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोशाकका प्रहरी खटाइ पत्रकार अधिकारीमाथि निगरानी गरेको घटनाप्रति डब्लु.डब्लु.जे कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
पोखराको विभिन्न ठाउँमा प्रहरीले चलाएको जुवातास अप्रेसन का विषयमा न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै कास्की प्रहरी प्रमुख एसपी कार्कीले पत्रकार अधिकारीको घर तथा कार्यालयमा सादा पोशाकका प्रहरी खटाएर अनाबश्यक सोधपुछ गरी मानसिक यातना दिनुका साथै पोखरामा रहेर कृयाशिल पत्रकारिता गरिरहेका निडर ,जुझारु पत्रकार अधिकारीलाई पोखराबाट विस्थापित हुन बाध्य बनाएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ ‘समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय हुनुका साथै संविधानविपरीतको कार्य हुने डब्लु.डब्लु.जे को ठहर छ ।
डब्लु.डब्लु.जे प्रहरीबाट भएको यस्तो कार्यको घोर भत्र्सना गर्दै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान तथा संंरक्षण गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र भयरहित वातावरणमा सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग जोडदार माग गदर्छ ।
Home ब्रेकिङ्ग न्युज पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा डब्लु.डब्लु.जे कास्कीको ध्यानाकर्षण
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.