भारतिय गाउँ बाट उखु अबैध आयात हुन थाले पछि नेपाली उखु कृषक मारमा

0
1379

दीपेन्द्र बस्नेत
पुनर्वास ।

कञ्चनपुरका चीनी मिलहरुमा भारतिय गाउँ बाट उखु अबैध आयात हुन थाले पछि नेपाली उखु कृषक मारमा परेका छन् ।
भारतीय उखु आयात अबैध भए पनि कञ्चनपुरको बेलौरी र आसपासका खुला सिमानाबाट निर्वाध आयात भइ रहेको छ । अबैध आयात गरिएको उखु प्रहरीले बरामद गरे पनि कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्य को निर्देशनमा छोडिएको छ ।
सीमा पारीबाट खुलेआम आयात भइ रहेको उखुले चिनी मिलहरुमा कच्चापदार्थ आपूर्ति भइ रहे पनि कृषकहरु मारमा परेका छन् । भारतबाट खुलेआम उखु भित्रीए पछि स्थानीय कृषकको उखु सप्लाइ ठप्प बनेको छ । कंचनपुरको पुनर्वास नगरपालिका वडा नं. २ दशरथबस्ती स्थित भागेश्वर चिनीमिलमा लैजाने क्रममा प्रहरी चौकी भुडाले से १ त ५४२७ नम्बरको उखुको ट्राली बरामद गरेको थियो । आइतबार राती लगभग १० बजे सिमा क्षेत्रबाट बरामद गरेको उखुको ट्राली राती नै कंचनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यको निर्देशनमा छोडीएको प्रहरी चौकीका इन्चार्ज डम्मर कार्कीले बताए ।
कंचनपुर जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक आचार्यले नेपाली नम्बरको ट्रालीमा उखु रहेकाले छुट्याउन नसकेकाले छोडीएको बताए । सिमा क्षेत्र नजिक भएकाले उखु ट्राली सोधपुछका लागि चौकी लगिएको र सोधपुछ पछि नेपाली उखु रहेकाले छोडिएको उहाँले बताए । भारतबाट उखु नेपाल भित्रीने गरेको खबरका आधारमा प्रहरी सक्रियता बढाएको उपरीक्षक आचार्यले बताए पनि बरामद गरिएको उखु छोडिए पछि कृषक हरु मारमा परेका हुन । अबदेखि सिमा नजिकका क्षेत्रमा रातीको समयमा ओहरदोहर गरिएको उखु भेटिएमा बरामद गरिने एसपी आचार्यले बताए ।