रक्सी बनाउने जाँडमा भेटिए फोहर कपडा

0
691

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ पिपलडाँडाका स्थानिय टोल सुधार अभियानमा जुटेका छन् । सिद्धिगणेश टोल विकास समिति गठन गरेर उनीहरुले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन् ।

जनकपुस्तकालय देखि ज्योतिविकास बैक ठाँटी माथि सम्म उनीको कार्यक्षेत्र हो । यो विचको क्षेत्रमा जाँडरक्सी उत्पादन, विक्री वितरण र सेवन गर्न नपाईने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए । स्थानिय प्रशासनबाट अनुमति लिएर अभियान थालेका उनीहरुले सामुदायिक प्रहरीको सहकार्यमा जाँडरक्सी नियन्त्रण गर्न लागेका हुन् ।

एक हप्ता अघि नै जाँडरक्सी उत्पादन र विक्रि नगर्न सार्वनिक सुचना जारी गरेको टोलविकास समितिले प्रहरीको सहकार्यमा छापा मार्दा ४ ठाँउमा रक्सी बनाउने जाँड फेला परेको थियो । उक्त जाँड बरामत गरि नष्ट गर्ने क्रममा जाँडमा फोहर कपडा समेत प्रयोग गर्ने गरिएको पाईएको अध्यक्ष शाहले बताए । उनका अनुसार उक्त जाँडमा महिनावारी भएको बेला प्रयोग गरिएका फोहर कपडा, पेन्टी लगायतका कपडा हालिएको थियो । मानब स्वास्थ्यलाई असर गर्ने मदिराजन्य पर्दार्थ स्थानियको रोहवरमा नष्ट गरिएको हो ।
यस अघि पनि ५ ठाँउमा जाँड फेला पारेर सचेत गराईएको थियो । जाँडरक्सी उत्पादन गर्नेलाई १० हजार र खानेलाई पाँच सय रुपैया जरिवाना गर्ने निर्णय गरेको टोलविकास समितिकी सचिव गिता सिंहले बताईन । नमुना टोल बनाउने उद्देश्यले महिला पुरुष मिलेर टोल सुधार समिति गठन गरिएको समितिकी सदस्य मीना शाहले बताईन ।

उनले सहितको पहलमा हरेक शनिवार टोल सरसफाई समेत गर्ने गरिएको बताईन । जाँड रक्सीले घरेलु हिंसा बढाउनका साथै युवाहरुलाई कुलतमा लाग्ने, चोरी, डकैती र बलत्कारका घटना सम्म घट्न सक्ने भएको मदिरा नियन्त्रण अभियान चलाएको शाहको भनाई छ । केही दिनमै स्थानिय प्रशासन सँग अनुमति लिएर सिलबन्दी वाला मदिरा समेत विक्री वितरणमा पुर्णरुपमा बन्देज लगाई मदिरा निशेधित टोल बनाउने योजना समितिको योजना छ ।