मानब अधिकार कार्यान्वयनमा राज्य उदासीन भयो : आयोगका सदस्य गोविन्द शर्मा पौडेल

0
873

सरिता तिम्सिना पगेनी
पोखरा ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानब अधिकार कार्यान्वयनको सवालमा राज्य उदासीन भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा मानव अधिकार पत्रकार संघ (हुर्जा) को संयोजनमा पोखरामा आयोजित ‘मानव अधिकार र पत्रकारिता’ विषयक तालिमको समापन कार्यक्रममा बोल्दै पौडेलले सत्तामा जानुपूर्व राजनीतिक दलले मानव अधिकारको विषयलाई महत्वका साथ उठाउने तर सत्तामा पुगिसकेपछि मानब अधिकारको बिषयलाई बिर्सने परिपाटीका कारण मुलुकमा दण्डहिनता बढ्दै गएको टिप्पणी गरे । पत्रकार पनि मानब अधिकार रक्षक हुन भन्दै उनले मानव अधिकारको संरक्षणका लागि पत्रकारले कलम चलाउनु पर्ने बताए । नेपाली मिडियामा राजनैतिक समाचारले बढि स्थान पाउने गरेको उल्ल्लेख गर्दे पौडेलले भने सिमान्तकृत बर्गको पनि सवाल उठाइदिनु पत्रकारलाई अनुरोध गरे ।

संसदमा रहेको मानब अधिकार बिधयेकको प्रसङ्ग जोड्दै पौडेलले मानब अधिकार आयोगको अधिकार र कर्तब्यलाई स्वतन्त्र रहन दिनुपर्नेमा जोड दिए । उनले मानव अधिकार विधेयक कुनै पनि हालतमा पारित हुन नदिने जिकिर समेत गरे । यदि हुबहु बिधयेक पारित भएमा आफुले आयोगको सदस्य पदबाट समेत राजिनामा दिने उनको भनाई थियो ।नेपाली संस्कृति र सभ्यता परापुर्बकाल देखि नै मानव अधिकारमैत्री छ ,पौडलले भने ” कुनै बिदेशी आएर नेपालीलाई मानबअधिकारको पाठ पढाउन आबश्यक छैन ।”
तीन दिन सम्म चलेको तालिमलाई मानव अधिकार पत्रकार संघ (हुर्जा) अध्यक्ष घनश्याम खड्का , आयोगका निर्देशक डा. टीकाराम पोख्रेल, उपनिर्देशक हरिप्रसाद ज्ञवाली, अधिवक्ता वसन्त अधिकारी, पत्रकार भरत कोइराला, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की, मानवअधिकारकर्मी प्रकाश वाग्ले लगायतले सहजीकरण गरेका थिए । तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत करिब ५० जना पत्रकारको सहभागिता रहेको हुर्जा कास्की अध्यक्ष राजेश पराजुलीले पोखरा पोष्टलाई जानकारी दिए । ।