पोखरा विश्वविद्यालय फिजियोथेरापी एसोसिएसनको अध्यक्षमा प्रकट खनाल

0
1301

पोखरा विश्वविद्यालयमा फिजियोथेरापी बिषय गत सालबाट सुरु भएको हो।
यो बिषय नयाँ भएको र जनमानसमा यसको महत्व थाहा नभएकाले बिद्यार्थीहरुको भेला मार्फत “पोखरा विश्वविद्यालय फिजियोथेरापी एसोसिएसन” नामक गैर राजनैतिक र गैर नाफामुलक संस्थाको स्थापना भएको छ । विभिन्न चेतनामूलक र रचनात्मक कार्यक्रम मार्फत यस बिषयको महत्वलाई थप उजागर गरि विद्यार्थीहरुको सहभागीता बढाउने उद्देश्यले एसोसिएसन गठन गरिएको हो । आज भएको उक्त संस्थाको साधारण सभाबाट अध्यक्षमा “प्रकट खनाल” सहित १५ सदस्यीय कार्यसमिति बनेको हो । यस सस्था मार्फत सम्बन्धित विषयमा विद्यार्थीहरुको उत्साहपुर्ण सहभागीता सहित अध्ययन गर्ने र गराउने वातावरण प्रभावकारी बनाउने र सिङ्गो पोखरा विश्वविद्यालयको गरिमालाई नै अझै थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी संस्थाका सचिब सिर्जना चौधरीले दिनुभएको छ ।