पोखरा । गण्डकी प्रदेश सरकारले पुष १५ मा सार्वजनिक बिदा दिने भएको छ । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङ समुदायको विशेष चाड ल्होसारलाई मध्यनजर गर्दै पुष १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।
गुरुङ समुदायको सबैभन्दा ठुलो पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय बिदा सरकारले कटौती गरेको भन्दै गुरुङ समुदायले पोखरामा गत आइतबार बिरोध प्रदर्शन समेत गरेका थिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.