रुपा -पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा सम्पन्न

0
1074

पोखरा। रुपा- पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।कास्कीको रुपा गाउँपालिकाबाट पोखरामा बसोबास गर्दे आएका ब्यक्तिहरु बिच पारस्पारिक सहयोग,सद्भाब,समझदारी र एकताको भावानात्मक सम्बन्ध बिस्तार गर्नका साथै पुर्खेउलीथलो प्रति समग्र बिकास गर्ने उदेश्यले समाजको स्थापना गरिएको समाजका अध्यक्ष खेम बहादुरर गुरुङले बताए । रुपा गाउँपालिकामा पर्यटन प्रवर्दन गर्ने उदेश्यले रोयल ट्रेकको प्रमोट,होम स्टे सञ्चालन सम्बन्धी प्रशिक्षण लगायताका बिभिन्न सामाजिक काम गर्दे आएको समाजका सचिब सरिता तिम्सिना पगेनीले बताइन्। रुपा- पोखरा सम्पर्क समाजका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभाले सचिब र कोषाध्यक्षको प्रतिबेदन समेत पारित गरेको छ । साधारण सभाले समाजका सदस्यहरुका साथै रुपा गाउँपालिका का बासिन्दाहरुलाई आपतकालिन सेवा उपलब्ध गराउने उदेश्यले रुपा- पोखरा सम्पर्क समाजको पहल तथा भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स सञ्चालनका लागि कार्यबिधी समेत बनाएको छ । समाजका अध्यक्ष खेम बहादुरर गुरुङ संयोजक रहने गरी सचिब सरिता तिम्सिना पगेनी,कोषाध्यक्ष मोहनमाया गुरुङ, सहसचिब ताराबहादुर घिमिरे र सदस्य केयर सिं गुरुङ लाई एम्बुलेनस सञ्चालन तथा दैनिक रेखदेखको जिम्मा दिइएको अध्यक्ष गुरुङले पोखरा पोष्टडटकमलाई जानकारी दिए।