विपि अध्ययन प्रतिष्ठान गण्डकी द्धारा शैक्षिक एवं खेलकुद सामाग्री बितरण

१४ पुष २०७६, सोमबार

सरिता तिम्सिना पगेनी
पोखरा

४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्र्दभमा विपि अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश समितिले आर्थिक रुपमा बिपन्न बिद्यार्थीहरुका लागि शैक्षिक एबं खेलकुद सामाग्री बितरण गरेको छ । पोखरा -१६ बाटुलेचौर स्थित चण्डिका आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई सोमबार समितिका अध्यक्ष एवं कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे ,काँग्रेसका युवा नेता पदम सिंह गुरुड,समितिका सचिब नविनराज बराल,सदस्य सरिता तिम्सिना पगेनी ,पर्यटन ब्यबसायी प्रभा सुवेदी लगायतले शैक्षिक एवं खेलकुद सामाग्री बितरण गरेका हुन । कार्यक्रममा बोल्दै युवा नेता पदम सिंह गुरुडले बिद्यालयको शैक्षिक बिकासका लागि बिद्यालय ब्यबस्थापन समिति,शिक्षक,अभिभावक र बिद्यार्थी एकजुट भएर लाग्नु पर्ने बताए । विद्यालयको जग्गा स्वास्थ्य संस्थालाई दिने चर्चा चलिरहेको भन्दै उनले बिद्यालयको जग्गा बिद्यालयकै लागि आबश्यक पर्ने बताए । उनले बिद्यालयको जग्गा संरक्षणका लागि बिद्यालय परिवार सचेत रहन पनि आग्रह गरे । प्रतिष्ठानका अध्यक्ष एबं कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डेले विपिको मेलमिलाप नीति आज पनि उत्तिकै सान्र्दभिक रहेको बताइन् । सबैका छोराछोरी पढ्न पाउन भन्ने बिपिको सिद्यान्त रहेको उल्लेख गर्दे पाण्डेले शैक्षिक सामाग्रीको अभावमा कोहि बिद्यार्थी बिद्यालय आउन बाट बंचित नहुन भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताईन । बिद्यालयको जग्गाको प्रसंग जोड्दै उनले स्वच्छ र शान्त वातावरणमा पढ्न पाउने बिद्यार्थीको अधिकार कसैले हनन् गर्न नहुने बताईन । बिद्यालयमा स्वास्थ संस्था कुनैपनि बाहानामा राख्न नहुने भन्दै उनले स्वास्थ्य संस्थाका लागि बैकल्पिक ठाँउको खोजी गर्न सकिनेमा जोड दिईन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले बिद्यालयमा न्युन आर्थिक स्तर भएका अभिभावकका छोराछोरी पढ्ने जानकारी गराउदै सहयोगका लागि विपि प्रतिष्ठानलाई धन्यवाद ब्यक्त गरेका थिए। कार्यक्रममा समाजसेबी तथा अधिबत्ता शालिकराम भट्ठराई, काँग्रेस पोखरा १६का सभापति होम बहादुर बाँनिया ,बिद्यालय ब्यबसथापन समितिका पुर्ब अध्यक्ष होम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सृजना सिग्देलले स्वागत तथा प्रतिष्ठानका सचिब नविनराज बरालले कार्यक्रमको सञ्चालन गरेका थिए । बिद्यालयमा ८६ जना बिद्यार्थी अध्यनरत् छन ।

Leave a Reply