रुपा- पोखरा सम्पर्क समाजद्धारा एम्बुलेन्स सेवा सञ्चालन

0
1435

सरिता तिम्सिना पगेनी
पोखरा ।रुपा – पोखरा सम्पर्क समाजले एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स सेवाको उद्घाटन गरेको छ ।
एम्बुलेन्ससेवाको उद्घाटन गर्दे वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. प्रेमराज पगेनीले मानिसको जीवन बचाउन एम्बुलेन्स सेवाले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । बिरामीका लागि एक मिनेट समयले पनि ठुलो महत्व राख्ने भन्दै डा.पगेनीले स्त्री तथा प्रसुतीका बिरामीका लागि एम्बुलेन्स सेवा वरदान नै सावित भएको धारणा ब्यक्त गर्नुभयो । रुपा- पोखरा सम्पर्क समाजले मानविय सेवाका लागि महत्वपुर्ण काम गरेको उहाँको भनाई थियो ।कालिका क्याम्पस प्राध्यापक संघका सभापति सुर्दशन पौडेलले सामाजिक संस्थाको पहलमा एम्बुलेनस संचालन गरिनु राम्रो कार्य भएको भन्दै प्रभाबकारी सेवाको लागि समाजले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । नवदिशा ज्योतीष परामर्श केन्द्रका ज्योतीष अर्जुन कुमार लामिछानेले सबैभन्दा ठुलो सेवा मानब सेवा भएको उल्लेख गर्दे एम्बुलेन्स संचालनका लागि आबश्यक सहकार्य गर्ने बताउनु भयो ।
धुब्रतारा बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक बिजयराज पगेनीले सरकारले गर्नु पर्ने काम सामाजिक संस्थाले गरेको भन्दै रुपा -पोखरा सम्पर्क समाजले उदाहरणीय कार्य गरेको बताउनु भयो । रुपा- पोखरा सम्पर्क समाजका अध्यक्ष खेम बहादुर गुरुङले रुपा पोखरा सम्पर्क समाजका सदस्यहरुलाई एम्बुलेन्स सेवा निशुल्क हुने तथा परिवारका सदस्यको हकमा भने ५० प्रतिशत छुट हुने जानकारी दिनुभयो । आर्थिक रुपमा बिपन्न भनी गाउँपालिका तथा वडा कार्यलय बाट सिफारिस भएको ब्यक्तिले समेत निशुल्क सेवा पाउने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । रुपा- पोखरा सम्पर्क समाजका सचिब सरिता तिम्सिना पगेनीले एम्वुलेन्स संचालन र दैनिक रेखदेखको लागि अध्यक्ष गुरुङको संयोजकत्वमा एम्बुलेन्स सञ्चानल समिति गठन गरिएको जानकारी दिनुभयो । समाजका सहसचिब ताराबहादुर घिमिरेले एम्बुलेन्सको सेवा रुपा गाउँपालिकाका बासिन्दाहरुलाई पहिलो प्राथमिकतामा राखेर संचालन कार्यविधि अनुसार प्रदान गरिने बताउनु भयो । रुपा- पोखरा सम्पर्क समाजको पहल तथा भारत सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त भएको हो ।