नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंगो लगाएको छ ।९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो ।
शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताए । बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।
शुक्रबार कांग्रेस सभापित शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रिय सभा चुनावको ४ पदमा मिलेर अघिबढ्ने सहमति भएको थियो ।
प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि यसअघि नै चुनावी तालमेल गरिसकेका छन् । नेकपाले शुक्रवार नै राष्ट्रिय सभाका लागि उम्मेदवार चयन गरिसकेको छ ।
यी हुन् कांग्रेसका उम्मेदवारहरु
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक अपाङ्गता
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला
संविधान बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन्।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.