गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशन अमेरिकाले मनायो “४४औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवस”

0
1453

गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशन अमेरिकाले “४४औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवस” फ़ाउन्डेशनको आफ्नै कार्यालय ७२-२४ ब्रोडवे, ज्याकसन हाईट्स, न्यु योर्कमा मनाएको छ।
महामानव बि. पि. कोईरालाले वि. सं. २०३३ पौष १६ गते नेपालको बहुदलिय प्रजातन्त्रको मुल्य र मान्यतालाई आत्मसात गर्दै स्वतन्त्र, सार्वभौम र अखण्ड देश नेपालको संरक्षण र संबर्द्धन संवाद, सहमति, सहकार्य र एकताबाट मात्र सम्भव हुने आत्मसात् गर्दै निर्वासित जीवन परित्याग गरि राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको दिनलाई स्मरण गर्दै दिवस मनाएको हो ।
फ़ाउंडेशनका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्व र शारदा क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको स्वागत फ़ाउन्डेशनका उपाध्यक्ष सुबर्ण लामाले गरेका थिए भने फ़ाउन्डेशनकै केन्द्रीय सदस्य छिरिगं राप्के लामाले कार्यक्रम सन्चालन गरेका थिए।

४ जनवरी २०२०, शनिवार सम्पन्न कार्यक्रममा क्विईन्स कम्यूनिटी वोर्ड ५ सदस्य तथा नेपाली कॉंग्रेसका युवा नेता ज्ञानल थापा, गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, प्रेम पौडेल, दावा शेर्पा, ने. वि. संघ अमेरिका शाखाका अध्यक्ष प्रभात राज सापकोटा, एनआरएनए अमेरिका शाखाका कोषाध्यक्ष शोभाकान्त पाण्डे, काभ्रे समाजका उपाध्यक्ष मोहन विष्ट, नेपाली कॉंग्रेस न्यूयोर्कका नेता टक वहादुर रूवाली, सुर्य सिंखडा लगायतले आफ्ना महत्वपूर्ण धारणाहरू राख्नु भएको थियो भने प्रमुख अतिथि शारदा क्षेत्री ले आँफु चार पुस्ते काग्रेंस भएको स्मरण गर्दै जनसम्पर्क समिति अमेरिका को विकृति लाई सफा मुहान वनाउन हामी सबै एक भएर लाग्न जरुरी छ भन्नु भयो। उहाँले वि पी वावुको विचारलाई हामि सबैले आत्मसाथ गर्दै मेलमिलाप हुन आजको आवश्यकता हो भन्नुभयो।
कार्यक्रममा सहभागीहरुले वि. पि. कोईरालाको एकता र मेलमिलापको बारेमा विभिन्न सकारात्मक कोणबाट चर्चा गरिएको थियो। अधिकांश वक्ताहरूले मेलमिलाप तथा एकता सर्वप्रथम आफु र आफ्नै पार्टी भित्र बाट सुरु गर्नु पर्नेमा जोड दिनु भएको थियो। मेलमिलाप नेपाली जनसम्पर्क समिति अमेरिका, मातृ पार्टी नेपाली कॉंग्रेस हुँदै राष्ट्रीय राजनीतिमा सर्वदलीय एकता अपरिहार्य रहेको अन्यथा नेपालमा विकासको परिणाम सन्तोषजनक नहुने तर्कलाई कार्यक्रममा प्राथमिकताका साथ उठाईएको थियो भने अन्त्यमा यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले सबै प्रजातान्त्रिक साथिहरुलाई एकतावद्व हुन आव्हान गर्दै उपस्थित सबैलाई धन्यवाद दिनुभयो