Home अर्थ/बाणिज्य टाटा मोटर्सले ल्यायो पोखरामा नाईट आउट योजना

टाटा मोटर्सले ल्यायो पोखरामा नाईट आउट योजना

0
टाटा मोटर्सले ल्यायो पोखरामा नाईट आउट योजना

पोखरा। टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नाईट आउट योजना ल्याएको छ । उक्त कार्यक्रम जनवरी ७ देखी १० सम्म बिहान ६ बजे देखी ९ बजे सम्म पोखरा बुद्धचोक स्थित दिप मोटर्स प्रा. लि. को सोरुममा आयोजन हुनेछ । यस योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन तथा एक जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस, प्रत्येक टेष्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहार साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर लगायतका विशेष आर्कषणहरु रहेका छन ।
नयाँ वर्षको अवसरमा टाटा मोटर्सको सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ ।