नेकपाको सरकारले एक पछि अर्को गर्दै अधिनायकवादको शैली भित्राउने गरि विभिन्न बिधेयकहरु ल्याएको छ। आफ्नो शक्ति र सत्ताको दुरुपयोग गर्दै एकलौटी रुपमा बिधेयकहरु पास गरिरहेको छ। हाल यतिखेर यहीँ ढंगमा सरकारले सुचना बिधेयक पास गर्यो। सामाजिक संजालमा कोही कसैले पनि नेकपा सरकार विरुद्ध आवाज उठाउँछ भने त्यसलाई हजार देखि लाखौंं रुपैयाँ जरिवाना र केहि बर्ष कैद हुने गरि कारबाही गर्ने प्रतिबद्धता जायर गर्दै विभिन्न नियम कानुनहरु नेकपा सरकारले बनायो।
पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति आदरणीय नेता शेर बहादुर देउवाले आम निर्वाचन २०७४ को समयमा भन्नुभएको थियो कि “निर्वाचनमा नेकपाले जितेर नेकपाको सरकार आयो भने देशमा जन्ताले न त बोलेर न त लेखेर नै बिरोध गर्न पाउँछन” भनेर भन्नुभएको थियो। धेरै ब्यक्तिहरुले सभापति ज्युले के भन्नुभएको होला भनेर उहाँलाई उडाउन समेत भ्याए, आज तिनै ब्यक्तिहरु आदरणीय नेता शेर बहादुर देउवाको त्यो भनाईलाई स्मरण गर्दै संघीय लोकतान्त्रिक मुलुकमा जन्ताको स्वतन्त्रताको हक, अधिकारलाई हनन गर्दौ अधिनायकवाद शैलीको छायामा जन्ता बांच्नु पर्ने स्थिती सृजना भएको छ। अब सरकारको विरुद्धमा न त बोलेर न त लेखेर नै बिरोध गर्न पाउँछन् त्यसैले अब सबै एक भएर सूचना प्रबिधि बिधेयकको विरुद्धमा आवाज उठाउन जरुरी छ।
लेखक:
बिपिन पौडेल
नेता, नेपाल विद्यार्थी संघ