प्रसिद्ध गीतकार सुमन श्रापितको एकल साङ्गीतिक साँझ पोखरामा हुने

१२ माघ २०७६, आईतवार

 

पोखरा।   प्रसिद्ध गीतकार सुमन श्रापितद्वारा रचना गरिएका कर्णप्रीय गीतहरुको एकल प्रस्तुती ‘सुमन श्रापित एकल साङ्गीतिक साँझ फाल्गुनको ३० गते पोखरामा हुने भएको छ ।
सप्तरङ्गी सास्कृतिक प्रतिष्ठान नेपालको शुक्रबार संस्थाका उपाध्यक्ष अभिमन्यू बिक्रम राणाको अध्यक्षतामा बसेको बैठकले ‘सुमन श्रापित एकल साङ्गीतिक साँझ’ गर्ने निर्णय गरेको हो ।
गीतकार श्रापित बिगत दुई दशकदेखि पोखरामा रहेर नेपाली गीत सङ्गीतमा क्रियाशील छन् । उनका झन्डै दुई सय गीतहरु रेकर्ड भएका छन् । उदित नारायण झा, दिपा झा, प्रशान्त तामाङ, रामकृष्ण ढकाल, अन्जु पन्त, हेमन्त शर्मा, बि।बि। अनुरागी, स्वरुप राज आचार्य, देबिका बन्दना, मान्डवी त्रिपाठी, सुनिता दुलाल, राजु परियार, मेलिना राई, अन्जना गुरुङ, मिलन अमात्य लगायत नेपालका थुप्रै चर्चित गायक गायिकाले उनको रचनाका गीत गाएका छन् ।यो उनको चौंथो कार्यक्रम हो ।
कार्यक्रममा श्रापितद्वारा रचना गरिएका सिरिमा सिरी ,फिल्म परदेशी,जसलाई मुटुको आश, मेरो धड्कन तिमी, टिलपिल टिलपिल तारा, कहिले सादा कहिले रङ्गिन,कहिले ओराली झर्छ जिन्दगी ,(फिल्म जीवनलिला), तिम्रो मधुर मुस्कानले, अच्छा लेकिन क्या बात  ,पूर्वैबाट पश्चिममै आयौ (फिल्म निशानी), अब कसैले गल्ल्ती नगरौं, दिलराजा दिलरानी, तिमीलाई त जहाजमा, काली काली दिलवाली (फिल्म दृष्टिकोण), बादल फाटेको बेला, आमाबाट सिके मैले जस्ता प्रतिनिधि गीतहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।

पोखरा पोष्ट संग कुरा गर्दे श्रापित भन्छन् , “मैले  पोखराका बिभिन्न   संघ संस्थामा आबद्ध भएर  जीवनको उर्वर समय बिताए , सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानमा मेरो त्यस्तो उल्लेखनीय योगदान छैन र पनि मलाई माया गरेर मेरा विभिन्न कार्यक्रम गरेर ठुलो गुन लगाएको छ ।” एकल साँझ गर्ने जो कोही सर्जकको सपना हुन्छ, त्यो सपना मेरो पनि थियो  सुमन भन्छन् ,मेरो सपना पूरा गर्न संस्था मन्जुर भएको छ। उनले यो अवसरका लागि आयोजक संस्थालाई  धन्यवाद दिदै  आभार ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रम कलाकार उपचार कोषको सयोगार्थ हुने संस्थाका सचिव जुना क्षेत्रीले जानकारी दिईन  । यस अघि पनि  सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानले बरिष्ठ लोक गायिका  हरिदेवी कोइराला, दुर्गा शाह बाबा, पद्मराज ढकाल र खिम गुरुङको एकल प्रस्तुतिका कार्यक्रम सफलताका पुर्वक  सम्पन्न गरि सकेको छ ।
संस्थाका महासचिव मनकुमार श्रेष्ठले सन्चालन गर्नु भएको बैठकमा संस्थाका संस्थापक अध्यक्ष एवम् प्रसिद्ध सङ्गीतकार एवम् गीतकार नवराज बराल, संस्थाका सल्लाहकार बरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोला र गीतकार दुर्गा बहादुर शाह ‘बाबा’ले  कार्यक्रम सफल बनाउनका लागि सबैले आआफ्नो ठाउँबाट  योगदान दिनु पर्ने बताए

Leave a Reply