के हो कोरोना भाइरस्?

0
1671

तीन साताअघि चीनको हुवे प्रान्तस्थित बुहान शहरमा देखा परेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण यतिबेला जापान, दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिकासम्म पुगिसकेको छ  ।    कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा ५६ जनाको ज्यान गइसकेको छ । २ हजार भन्दा बढीको संख्यामा संक्रमित रहेको बताइए पनि यो संख्या निकै बढी रहेको बताइएको छ ।

कोरोना भाइरस संक्रमणले नेपालमा पनि असर पारेको छ । चीनबाट आएका नेपालीमा यो संक्रमण देखिएको छ । चिकित्सकहरुका अनुसार अहिलेसम्म नेपाल आएका तीन जनामा यो संक्रमण फेला फेला परेको छ ।

विश्‍व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य हो। कोरोनाभाइरस भर्खरै पहिचान गरिएको हो। यो जनावरबाट मानिसमा सर्ने भाइरस हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षण देखिन्छन्। ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु,श्वासप्रश्वासमा कठिनाइ हुनु,गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,मिर्गौलाले काम गर्न छोडेर मृत्युसमेत हुन सक्छ। जसले गर्दा यो भाइरसबाट बच्न नियमित रूपमा हात सफा गर्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने गर्नु पर्छ।