नेपाल विद्यार्थी संघले लगभग एक बर्षपछि नेतृत्व पाएको छ र विभिन्न भेगका विद्यार्थी नेतालाई पदाधिकारीमा मनोनयन गर्दै केन्द्रीय कार्यसमिति बिस्तार हुँदै गइरहेको छ। पदाधिकारी मनोनयनमा गण्डकी प्रदेश अर्थात प्रदेश नं ४ बाट तनहुँका दिपक भट्टराई र स्याङ्जाका युवराज पाण्डे पनि महामन्त्री बने। तर गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाबाट हालसम्म कुनै विद्यार्थी नेता पनि ने.बि.संघको पदाधिकारीमा मनोनीत भएका छैनन्।
नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले उक्त बिषयलाई लिएर कास्कीबाट कम्से कम १ जना पदाधिकारी केन्द्रीय समितिमा प्रतिनिधित्व हुनुपर्छ भनेर काठमाडौँमा पार्टी नेतृत्वसंग निरन्तर छलफलमा छन। प्रदेशको राजधानी अनि देशको ठुलो सहर साथै ने.बि. संघको महाधिवेशनमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि हुने जिल्लाबाट अहिलेसम्म कुनै विद्यार्थी नेताको नाम पदाधिकारीमा नहुनु दु:खद रहेको विद्यार्थी नेता थापाले जनाए। थापाले बांकी रहेका पदाधिकारीमा कम्से कम एक जना कास्की जिल्लाबाट हुनुपर्ने अडान पार्टी नेतृत्वसंग राखेको उनी निकट स्रोतले हामीलाई जानकारी दियो।
साथै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देश कै ठुला क्याम्पसमा आफ्नो उपस्थिति र बिजय सुनिश्चित गर्न विद्यार्थीको मनोबल उच्च पार्न पनि ने.बि.संघको सन्तुलनले ठूलो भुमिका निर्वाह गर्ने विद्यार्थी नेता थापाले जनाए।