‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस

0
1164

देवी सापकोटा
अहिले पनि हाम्रो गाउँघरका युवायुवतीहरुमा आफनो प्रेमको प्रस्ताव राख्ने क्षमता अझै बिकास भएको छैन । वारी गाउँको कान्छोको छोरीले त्यहि गाउँको काइँलाको छोरासँग मन मिलाउँछे रे आजकल । यस्ता शब्दहरुबाट पनि हाम्रो समाज अछुतो रहन सकेको छैन । यी दुई प्रेमिलाई आफनो प्रेम दर्शाउन कि त घाँसपात गर्न जानुपर्छ कि त गाइगोठालो । यही कारणले गर्दा पनि यी दुई प्रेमि समाजमा खुलेर आफनो प्रेमभाव दर्शाउन सक्दैनन् । ठिक यसको बिपरित छ हाम्रो शहरी समाजको प्रेम गर्ने शैली शहरमा प्रेम गर्ने शैलीले आफनो सम्पुर्ण संरचना परिर्वतन गरिसकेको छ । सहरीया प्रेम शैलीलाई न गाउँको बोलीले नै प्रभाव पार्न सकेको छ न शहरीयाले नै ।
एतिहासिक कथन ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ । प्रेम र प्रेमिका दुई शब्दको निखार अनुसार १९ औ शताब्दी देखि शुरु भएको यो चाडको मुख्य उदेश्य भन्नु प्रेम र प्रेमिकाले आफनो प्रेम प्रतिभाव भएको जानकारी दिएर एकआपसमा मिलन हुनसक्ने दिनको रुपमा मान्नु हो । तर अहिले यो बिकृतिको रुपमा फैलिएको धेरैको ठ्म्याई छ । कसैले कार्डको माध्यमबाट आफनो प्रेम ब्यक्त गर्छन भने कसैले फुलको । प्रेम गर्न कुनै दिवस आउनुपर्दैन । तर आजकालका युवायुतीका लागि भने भ्यालेन्टाइन डे प्रेमको महाउत्सव जस्तो बन्न थालेको छ ।
नयाँ अवसरहरूसंगै प्रेम अकिंत कार्डहरुले पनि अहिले चुनौती खेपीरहेको छ, जस्तै एसएमएस, मोवाइलबाट आई लभ यु अथवा बधाई छ हैँ भन्नुको साटो पसलमा गएर गिफट र कार्ड किनेर दिने झन्झट् किन व्योहोर्ने भन्नुहुन्छ, चावहिल स्थित लभस्टेशन कार्ड सेन्टरका संचालक राजु उप्रेती । उहाँको अनुसार, ‘एसएमएसबाट प्रेमको सन्देश दिने चलनले गिफट र कार्डको प्रयोगमा केहि कमी आईसक्यो ।’
पुतलीसडक स्थित क्लासिक सेलेक्शनका पवन शर्माले, भ्यालेन्टाइन डे को कार्ड र गिफटहरूमा हल्काफुल्का व्यापार शुरु भएको बताउनुभयो । अहिले इन्टरनेट र ईमेल जस्तो प्रविधीको जमाना आएको हुँदा कार्ड र गिफटहरु दिने कुराको खासै महत्व नभएको, शर्माको भनाई थियो ।
भेरोनिका, हलमार्क, आरचिस, एक्सप्रेसन, जुबली जस्ता ब्राण्डका कार्डहरूले काठमाडांैको बजार तताएको छ । युवायुवती कार्ड त किन्छन् तर त्यसभित्र लेखिएका भावनालाई कसैले राम्रोसंग बुझ्ने गर्छन् त कसैले यसको खासै महत्व राख्दैनन् । कार्ड किनेर मायाप्रीति लगाउन पाए पुगी हाल्यो नि, किन कार्डमा लेखिएको भावना बुझ्नु प¥यो र ? भन्छन्— कक्षा १२ मा अध्ययन्रत बिद्यार्थी उमेश शर्मा  । अहिले युवायुवतीहरूले आफ्नै देश नेपालमा बनेको कार्डमा पनि धेरै रूची देखाउन थालेको छन् । जी.के., राजन कार्ड एण्ड कम्पनी, शर्मा एण्ड शर्मा यी भने नेपाली कार्ड बनाउने ब्राण्डका नामहरू हुन् ।
भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसलाई बिभिन्न कलाकारहरुले पनि आफ्नै ढंगले अविष्मरणी बनाउने तरखर गरेका छन् । धेरैजसो कलाकारहरुले आफ्ना प्रियसीलाई सामाजिक सञ्जालमार्फत् विस गर्दै यो दिवस मनाउने योजनामा छन् भने कसैलाई यसको खासै मतलब देखिँदैन ।
अभिनेता हरिहर शर्मा यसपटकको प्रेम दिवसमा केही उपहार दिने सोच रहेको तर के उपहार दिने भने अझै टुंगो लागि नसकेको बताउँनुहुन्छ । उहाँ भन्नहुन्छ, प्रेम दिवसले युवा युवतीलाई उत्साह दिएको छ र यसलाई बिगतका दिनहरुलाई सम्झदै मनाउनु पर्छ । यो दिवस भनेको विवाहित जोडिका लागि मात्र नभएर सबैको लागि होे । पुरानो सभ्याता अनुसार प्रेम दिवसलाई मनाउने चलन भएकोले यसको शुरुवात पनि एसियाली मुलकबाट भएको हुन सक्ने बताउँनुहुन्छ अभिनेता शर्मा ।
पहिला नेपालमा प्रेम दिवसको प्रभाव खासै नभए पनि पछिल्लो समय  बिदेशी प्रभावले प्रेम दिवसलाई मनाउन थालिएको देखिन्छ । बिशेष गरी प्रेम जोडी, नवदम्पती र प्रेम सम्बन्धमा आउने प्रेमी प्रेमिकाको लागि यो दिवसको आफ्नै महत्व छ । यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवायुवतीहरु यस दिवसलाई निकै महत्वका साथ मनाउने गरेका छन् । यो पर्व मात्र युवायुवती बिच प्रेम अभिव्यक्तिको रुपमा मात्रै नमानेर समग्रमा यस दिननै प्रेममय बनाउनुपर्छ भन्ने पनि गरिन्छ ।
रंगकर्मी निशा शर्मा भ्यालेन्टाइन डे लाई खासै महत्व नदिने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, प्रेम दिवस भनेको १४ फे्रबवरी मै बनाउनु पर्छ भन्ने छैन । माया गर्नका लागि कुनै समय नचाहिने उहाँको भनाई थियो । गुलाफको फुल दिनको लागि कुनै समय चाहिदैन । अहिले यसमा धेरै बिकृति भएको पनि उहाँँको ठम्याई थियो । अरुको संस्कारलाई मनाउनु भनेको एउटा बिकृति जस्तै नै हो । रंगकर्मी शर्मा भन्नुहुन्छ, राम्रो चिजलाई मान्नुपर्छ तर अरुको चिजलाई देखावटी गर्नु हुँदैन । अरुको चिजलाई आदर गर्नु नै सबैभन्दा ठुलो कुरा भएको उहाँको भनाई थियो ।
नायक निखिल उप्रेती भ्यालेन्टाइन डे लाई एउटा हौवाको संज्ञा दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, म यसलाई प्रथामिकतामा राख्दिन र मनाउँदा पनि मनाउँदिन । यसले हाम्रो दशै तिहारको संस्कृतिलाई दबाउँदै लगेको छ । अहिले हाम्रो देश मोर्डन भएको छ र अहिले हामीले अरुको संस्कारलाई मनाउँदा आफनो संस्कार बिर्सदै गएको कलाकार उप्रेतीको भनाई छ ।
भ्यालेन्टाइनको इतिहास केलाउँदा यसको शुरुवात क्याथोलिक सम्यताबाट नै भएको हो भन्ने बुझिन्छ । सेन्ट भ्यालेन्टाइन भन्ने ब्यक्तिको सम्झना स्वरुप पनि यसलाई एउटा चाडको रुपमा मनाउन थालिएको हो । इतिहास अनुसार ढुंगे लेखन देखि शुरु भएको भ्यालेन्टाइन डे हालको वर्षहरुमा कार्डका आगमनले गर्दा पनि मौलाएको छ । पानबुट्टे कार्डमा मुटु चित्र अकिंत प्रेमको संकेत गरी देखाइएको वस्तु नै भ्यालेन्टाइन को मुख्य आर्कषण हो ।
फे्रबुअरी १४ मा हरेक वर्ष मनाउँदै आएको यो मायाको पर्वले धेरैको सम्बन्ध गास्ने काम गर्छ । यो चाड बिशेष गरेर युवायुवतीहरुको लागि मात्र भएपनि यसलाई मनाउन भने धेरैले पर्खेर बसेका हुन्छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ ।