नेपाली कांग्रेस पोखरा – ३ इकाई समितिका सचिव कृष्ण अधिकारीलाई पितृ शोक

0
763

 

नेपाली कांग्रेस पोखरा वडा नं ३ इकाई समितिका सचिव कृष्ण अधिकारी तथा नागरिक समाज कास्कीका संयोजक विष्णु अधिकारीलाई पितृ शोक परेको छ । उहाँका ८३ वर्षिय बुबा रामप्रसाद अधिकारी “राम वाजे” को शुक्रबार दिउँसो साढे दुई वजे नदीपुर कन्यामार्गस्थित निवासमा निधन भएको हो ।

स्वर्गिय अधिकारी नेपाली कांग्रेसका पुराना कार्यकर्ता तथा आफ्नो जमानामा वालनमा कृष्ण चरीत्रको मुख्य कलाकारको भूमिका निभाउनु हुने कलाकार हुनुहुन्थ्यो । उहाँले २०२७ सालमा कृष्णको भूमिका निर्वाह गरेको क्षण् र सर्वोत्कृष्ट भएको उहाँलाई नजिकबाट चिन्नु हुने वामन पराजुलीले बताउनु भयो ।

स्वर्गिय अधिकारीका दुई श्रीमती प्रताप कुमारी, चन्द्रकली, छोराहरु धर्मराज, गणेश, विष्णुहरि र कृष्ण  अधिकारी हुनुहुन्छ ।

उहाँको जन्म १९९३ साल भाद्र १२ गते कृष्ण जन्माष्टमीको दिन भएको परिवारजनले बताएका छन् ।

यसैबचि, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केशी, सांसद विन्दु कुमार थापा, नेपाली कांग्रेस पोखरा  – ३ का सभापति दिलिप गिरी,पोखरा    – ३ का अध्यक्ष रवीन्द्र बहादुर प्रजुले शोक विज्ञप्ती जारि गरि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।