विद्यार्थीहरुका विभिन्न समस्या समाधानको माग राख्दै बिगत ७ औं दिनबाट रिले अनसन चलिरहेको छ । क्याम्पस प्रशासनले आफ्ना माग बेवास्ता गरेको भन्दै विद्यार्थीहरु आन्दोलनरत भएका हुन ।
आफ्ना १५ बुदे मागसहित रिले अनसनमा रहेका विद्यार्थीहरु आफ्ना मागहरू जहिलेसम्म सम्बोधन हुँदैन त्यहिलेसम्म यो आन्दोलन जारी रहने र आमरण अनसनमा परिणत हुन सक्ने बताउछन ।
पछिल्लो समयमा भ्रष्टाचारको मुद्दाको सन्दर्भमा सरकारको कदम कसैलाई काखा र कसैलाई पाखा भएको भन्दै अनसनरत विद्यार्थीहरुको समेत ध्यानाकर्षण भएको हो ।
प्रजातान्त्रिक आन्दोलनको धरोहर,जनताको निरन्तर जनप्रतिनिधि बिजय गच्छदार माथी काङ्ग्रेसको नेता भएकै कारणले निराधार रुपमा मुद्दा लगाएको र तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल,पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई,बालुवाटारको जग्गा पुर्जा सम्हालेर बस्ने नेकपाका महासचिव बिस्णु पौडेल लाई भने नेकपाको खोल ओडेकै कारणले बचाउन तर्फ लागेकोमा गम्भीर आपत्ति रहेको र भ्रष्टाचार न कुनै पार्टीको हुन्छ,न कुनै दलको हुन्छ । भ्रस्टाचार गर्ने व्यक्ति केवल जनतामाथिको गद्दार हुन्छ भन्दै गल्ती प्रमाणीत भए प्रत्येक दोसिलाइ कारवाही गर भन्दै नाराबाजी सहित विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका हुन ।
उक्त आन्दोलनमा प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरी हस्तक्षेप भएको र झडपको वातावरण सिर्जना भएको नेविसंघ WRC का सभापति गोकुल न्यौपानेले बताउनु भयो,कार्यक्रमका प्रमुख अतिथी नेविसंघका महामन्त्री दिपक भट्टराईले बासुरी बजाउनेको इतिहास सकिएझै हाम्रो प्रधानमन्त्रीको हालत त्यतैतर्फ उन्मुख भएको बताउनुभयो ।
कार्यक्रममा नेविसंघका निवर्तमान सदस्य गोपाल गुरुङ,नेविसंघ कास्कीका प्रभावशाली विद्यार्थी नेता राजिब बास्तोला,जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सचिब ध्रुवराज अधिकारी, विद्यार्थी नेता प्रताप बनिया, सुमिर जंग गुरुङ्ग, निर्दोष विक्रम पौडेल, गौरव बराल, असीम सुबेदी लगायतको उपस्थिति रहेको थियो ।