न्यूयोर्क ।
नेपाली समुदायमा निस्वार्थ रुपले समाज सुधारका कामहरु र संयुक्त राज्य अमेरिका र नेपाल बिचको पुलको रुपमा रहि मानव अधिकार एवं आप्रवासी हरुलाई अध्यागमन सम्वन्धि आवस्यक सहयोगी कार्यक्रमहरु गरेकोमा हाल न्यूयोर्क निवासी कास्की हेम्जाका विश्वराज बास्तोलालाई न्यूयोर्क राज्यको बिधानसभासद माइकल मोन्टेसानोले फेब्रुअरी ९,२०२०मा सम्मान गरे।नेपाली जनसंपर्क समिती लङग आईल्याण्ड न्यूयार्क द्वारा हिक्सभिलमा आयोजित रक्तदान कार्यक्रममै बिधानसभासदले बास्तोलालाई सम्मान पत्र प्रदान गरेका हुन ।
५० जनाले रक्तदान गरेको उक्त कार्यक्रममा बास्तोलाले २४ औं पटक रक्तदान गरेका थिए । बस्तोलाका पाचैँ जना परिवार सदस्यहरु रक्तदाता हुन।बास्तोला नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको विदेस स्थित संगठन नेपाली जनसंपर्क समिती लङग आईल्याण्ड न्यूयोर्क शाखाको अध्यक्ष छन । उनी गिरिजा प्रसाद फाउन्डेसन अमेरिकाको केन्द्रिय सदस्य,कास्की समाज अन्तराष्ट्रीय परिषद,हेमजा वेलफेयर सोसाइटी,र नेपाली बहिरा कल्याणकारी समाज जस्ता संस्थाहरूको सल्लाहकार समेत छन ।
न्युयोर्क राज्य व्यवस्थापिकाको विधानसभा तल्लो सदन हो। उक्त विधानसभामा १५० सीट छन् ।