इटालीमा कोरोना भाइरसले एकै दिन १३३ जनाको मृत्यु

२६ फाल्गुन २०७६, सोमबार

काठमडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको छ । इटालीमा एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म त्यहाँ ३ सय ६६ जनाको ज्यान गइसकेको छ । चीनपछि सबैभन्दा इटालीमा मानिसहरुको ज्यान गएको हो ।

संक्रमितहरुको संख्या पनि एकै दिनमा २५ प्रतिशतले बढेको छ । ७ हजार ३ सय ७५ जनालाई कोरोनाको संक्रमण भएको छ ।

शनिबार मृतक २३३ थिए । त्यस्ते संक्रमित ५ हजार ८ सय ८३ रहेका थिए ।

इटालीका सेना प्रमुख पनि संक्रमित भएका छन् ।

नियन्त्रणका प्रयास विफल
इटालीले प्रकोप नियन्त्रणका लागि निकै कडा नियम लगाएको छ । यद्यपि सरकारी योजना सफल हुन सकेको छैन ।

इटाली सरकारले करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखेको जनाएको छ । यो क्रम अप्रिलसम्मै हुनेछ ।

इटालीका लोम्बार्डी र उत्तर पूर्वी क्षेत्रका १४ राज्यमा गरी यति ठूलो संख्यामा मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

अनिवार्य क्वारेन्टाइनमा नबसे ३ महिना जेल बस्नुपर्नेछ ।

नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गरिएको छ ।

Leave a Reply