भारतको बिहारमा कोरोना भाइरसको संक्रमणबाट ३८ वर्षीय सैफ अलीको मृत्यु

९ चैत्र २०७६, आईतवार

भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण  ३८ वर्षीय पुरुषको ज्यान गएको छ ।

बिहारको राजधानी सहर पटानाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो ।

दुबै मिर्गौला काम नलाग्ने  भएका उनको शनिबार विहान मृत्यु भएको थियो ।  उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । आइतबारभन्दा पहिला विहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण दुई जनाको ज्यान गएको हो ।

 

Leave a Reply