बेल्जियममा एक बिरालोमा देखियो कोरोना भाइरस

१६ चैत्र २०७६, आईतवार

 

बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ ।

द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो ।

विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा नडराउन सबैलाई आग्रह गरेका छन् ।

जनावर संक्रामक रोग विशेषज्ञले भने यस यो घटनाको विषयमा प्रश्न उठाएका छन् । यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो समाचारले आफूलाई अचम्मित पारेको बताए ।

लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो । उक्त बिरालोमा कोरोना भाइरस सर्ने मानिस बाहेक अन्य कुनै माध्यम नरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।

केहीले भने यो परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । यसबारे अझै धेरै परीक्षण गरिनुपर्ने उनीहरुको तर्क छ । यसबारेमा थप परीक्षण नगरिए त्यसले राम्रो नतिजा नदिने आलोचकहरुले बताएका छन् ।

यसले मानिसहरुमा आफ्नो घरपालुवा जनावरको बारेमा डर उत्पन्न गर्ने उनीहरुको भनाई छ । अहिले बिरालोको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमालिकको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको बताइएको छ ।

एजेन्सी

 

Leave a Reply