कोरोनाबाट अमेरिकामा ३२ हजार बढीको मृत्यु

५ बैशाख २०७७, शुक्रबार

 काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।

अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।

 

Leave a Reply