लामो समय लकडाउनले व्यावसायी मारमा परे:एकता ब्यापार संघ काठमाडौंका अध्यक्ष माधव खरेल

0
1721

विह्वभरीनै फैलिएको कोरोना महामारीले गर्दा नेपाल पनि गत चैत्र ११ गते देखि लकडाउनमा छ। केही अत्याबश्यक र अति संवेदनशील सेवा बाहेक सम्पूर्ण कलकारखाना, उधोग व्यावशाय र अन्य सेवामूलक कार्यहरु बन्द छन्। लामो समय सम्मको बन्दाबन्दीले व्यापारी व्यावसायीलाई पनि निकै मार परेको अबस्थालाई मध्यनजर गर्दै एकता ब्यापार संघ नेपाल, काठमाडौंका अध्यक्ष माधव खरेलले यसरी सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

विश्वभरी फैलिहेको कोरोना महामारीले अहिले पुरै विश्व नै अाक्रान्त बनेको अबस्थामा अाजको मिति सम्म २,००,०००/ भन्दा बढी मानिसले ज्यान गुमाईसकेका छन् र ३०,००,०००/ जना भन्दा बढी संक्रमित भएका छन्। हाम्रो देश नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन मानिसहरु रोग, भोक, अभाव र शोकले ग्रसित छन र कलकारखानाहरु ठप्प छन्। व्यापारीहरु आफ्नो ब्यबसाय छोडेर घर, घरमा बन्दी जीवन बिताइरहेका छन। कर्मचारी र मजदुरहरु काम विहिन भएका छन्। यस महामारीसँग उच्च सतर्कता अपनाउँदै सरकारले विगत एक महिना देखि लकडाउन गर्दा शहरमा बाँच्न नसकेर लामो पैदल यात्रा तय गर्दै गाउँ जान हिंडेका पैदल यात्रुहरु बाटामै अलपत्र छन्। विदेशीएका नेपालीहरुलाई त्यहाँको सरकार र मालिकले घर जाऊ भनिसकेको अबस्थामा सरकार अाफ्ना नागरिकहरुलाई कसरी व्यबस्थापन गर्ने भन्नेमा कुनै तयारी गर्ने र महामारीसँग लड्नुको सट्टा आन्तरिक खिचातानि र सत्ताको खेलमा तल्लिन छ । ब्यापारीहरुले विदेशबाट मगाएका सामानका कन्टेनरहरु ३/४ महिना देखी बाटामै अलपत्र छन् । वैंक र वित्तीय संस्थाहरुबाट चर्को ब्याजमा ऋण लिएर व्यावशाय शुरुअात गरेका व्यवसायीहरु घरभाडा, मासिक किस्ता र व्याजको मारमा छन्। राज्यले दिने सूविधामा व्वायशायीहरु कहिल्यै प्राथमिकतामा पर्दैनन्। ।केही कालाबजारी गर्ने ब्यापारीका कारण स्वतन्त्र रुपमा इमान्दारी का साथ आफ्नो ब्यबसाय सञ्चालन गरिरहेका ब्याबसायीको समेत अपमान भएको छ । यस्ता कालाबजारी ब्यापारी हरुलाइ करबाही गर्न र सरकारलाई अाबश्यक साथ दिन हामीहरु तयार छौं। तर ती स्वतन्त्र रूपमा इमान्दारीका साथ काम गरेका व्यावसायीहरुलाइ मध्यनजर राख्दै सहुलियत र राहतको प्याकेज ल्याउन जरुरी छ । देशको अधिकतम राजस्व यिनै ब्यापारी ,व्यावसायीहरुबाट सङ्कलन भैरहेको यथार्थतिर सरकारको ध्यान किन पुग्दैन ? अर्थतन्त्रका मुख्य पिलर व्यवशाायीहरु नै धरासायी हुँदै बिस्थापित हुँदैछन । यो बेला उद्योगी ब्यापारीको समस्यालाई मध्यनजर गर्दै सरकारले अन्य क्षेत्रहरुमा झैं व्यवसायीहरुको हीतमा पनि राहतका प्याकेज ल्याउन, वैंकले ब्याजदरमा र घरधनीले घर भाडामा केहि सहुलियत दिन जरुरी छ। उद्योग ब्याबसायको प्रगतिले मात्र र‍ोजगारी सिर्जना हुने र राजस्वमा समेत उल्लेख्य वृद्धि भै देशको अर्थतन्त्रमा टेवा पुग्ने यथार्थलाई सरकारले अात्मसात् गर्न र व्यवस्थित तरिकाले लकडाउनलाई खुकुलो गर्दै समाधानको बाटोतिर बढ्नुपर्ने अाबश्यकता अपरिहार्य छ।