अनलाइन कक्षाको सान्दर्भिकता : विद्यार्थी अन्योलमा

0
1427

बिश्व ब्यापी माहामारीको रुपमा रहेको covid-19 का कारण नेपालमा मात्र नभई सारा जगत नै दु:खद घडीमा रहेको कुरालाई मध्यनजर गर्दै पोखरा मा.न.पा ,शैक्षिक प्रशासन माहाशाखा का उप-सचिब गंगा बाहादुर गुरुङ ज्युले जुन विषयमा सूचना प्रकाशन गर्नु भएको छ त्यो बिषय प्रती म जनप्रीय बहुमुखी क्याम्पस पोखरा -८ सिमलचौर को छात्र बिजय घिमिरे गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । एकातिर देशकै ठुलो नगरपालिकाको रूपमा रहेको पोखरा माहानगरपालिका का मेयर मान बाहादुर जि.सि ले निर्वाचन हुँदै गर्दा घोषणापत्रमा उल्लेख गर्नु भएको SMART CITY , FREE WIFI आज दुई-साढे दुई बर्ष भन्दा बढी बितिसक्दा पनि कार्यनयन हुन नसक्नु र आजको दिनमा Online Class सन्चालन गर्दा सम्पुर्ण बिद्यार्थीहरुमा आवश्यक पुर्वाधार र ईन्टरनेटको पहुच नरहेको भन्नू लज्जास्पद रहेकोे छ। चुनावको लागि मात्र उल्लेखित घोषणापत्र आज को मितिमा किन कार्यनयन हुन सकेको छैन र सम्मानिय मेयर ज्युले यती छिट्टै SMART CITY , FREE WIFI जस्ता पुर्वाधारलाई घोषणापत्रमा सिमित रख्नुमा पनि प्रश्न चिन्ह खडा गर्न चाहन्छु । अर्कोतिर त्रिभुवन विश्वविद्यालयले जारी गरेको सुचना हेर्ने हो भने मिति २०७७/०१/१० गते त्रिभुवन बिश्वबिद्धालय प्राज्ञिक परिषदको कार्यालयद्वारा सार्बजनिक गरेको पत्रमा उल्लेखित सूचनालाई टेकेर जुन क्याम्पस , बिद्यालयहरुले प्रत्यक्ष कक्षा सन्चालन गर्न असम्भव भएकोले , अरु कार्यक्रम र विषयहरु (Practical Class) बाहेक Online Class माध्यमबाट गर्न सकिने र यसरी गरिएको कक्षा प्रत्यक्ष कक्षा लिए सरह मान्यता दिने निर्णय भएको सबैमा अवगत नै छ। आवस्यक पुर्वाधार Internet प्रदान गर्नु र बिद्यार्थीको समस्याको समाधान गर्नु देश , सरकार , माहानगर तथा सम्पुर्ण सम्बन्धित निकायको दायित्व हो। पोखरा मा.न जस्तो सम्मानित निकायले कक्षाहरु बन्द गर्नु भनेको सम्पुर्ण बिद्यार्थीहरुको भबिष्यसङ्ग खेल्नु हो । आम-बिद्यार्थीहरु को हक-हित सङ्ग माहानगरले जोखिमपूर्ण खेल नखेल्न पनि अनुरोध गर्दछु। कसैले कक्षा संचालन गर भन्ने र कसैले सुचारु भएको कक्षा बन्द गर भन्दै गर्दा बिद्यार्थीमा हुने मानसिक दबाब बाट उत्पन्न हुने समस्यालाई ध्यानाकर्षण गर्न अनुरोध गर्दछु । विद्यार्थी हक-हितको निम्ति म बिजय घिमिरे एंवम नेपाल बिद्यार्थी संघ कास्की जस्तो सुकै संघर्स गर्न तयार रहेको प्रष्ट पार्दै , चेतावनी दिन चाहान्छु ।

बिजय घिमिरे ने. बि.संघ कास्की