काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकियको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट भएका गल्तीहरुको बारेमा आत्माआलोचना गरेका छन् ।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । पार्टीभित्र देखिएका विवाद हल गर्दै पार्टी एकतालाई सुदृढ पार्नेबारे पनि आजको बैठकमा सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज बसेको सचिवालय बैठक का निर्णयहरु:- (१)पार्टी र सरकार सँग जोडिएर उठेका समग्र विषयवस्तुको समिक्षा गरि पार्टीलाई सुदृढ र मजबुत तथा सरकारलाई थप प्रभावकारी बनाउने। (२)कोरोना माहामारी बाट जोगिन सरकारले चालेको कदम लाई पार्टी एकताबद्ध रुपमा परिचालित हुने। (३)पार्टीका उपाध्यक्ष क.वामदेव गौतमलाई उचित समयमा प्रतिनिधि सभा सांसद बनाउन पहल गर्ने। (४)उक्त कार्यका लागि आवश्यक कार्ययोजना बनाउन बैशाख -२४ गते सचिवालय बैठक बस्ने। र (५)बैशाख -२४ गते बस्ने सचिवालय बैठकको निर्णय कार्यन्वयनका लागि बैशाख -२५ गते स्थायी कमिटी बैठक बस्ने।
