आज बिरगंजमा १७ जना संक्रमित पत्ता लागेसंगै कोरोना संक्रमितको संख्या ९९ पुगेको छ | संक्रमण नहुनु राम्रो कुरा हो | भएका संक्रमित पत्ता लाग्नु पनि राम्रो कुरा हो | छिटो संक्रमित पत्ता लागे उनीहरुले अरु व्यक्तिलाई रोग सार्न पाउँदैनन् |
.
यो ४ महिनामा जम्मा १४ हजारको PCR परीक्षण भएको छ | अहिले RDT परिक्षणलाई गणना नगरौं | ब्यापक परीक्षण नगर्ने हो भने हाम्रो स्थिति बिकराल बन्नेछ | स्वास्थ्य मन्त्रालयको बर्तमान टिम परिवर्तन गरेर ‘ कमिसन हैन कामको मिसन ‘ भएको टिम बनाउन ढिलो भइसकेको छ | यो तथ्य सम्मानित प्रधानमन्त्रीज्यूलाई अवगत होस् |
.
त्यस्तै सरकारले लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्म पुर्याएको छ | यो अवधिलाई पुरै सदुपयोग गर्ने हो भने जेठ ६ गतेदेखि सेमी लकडाउन गर्न सकिन्छ | त्यो भनेको टेस्ट … टेस्ट …. टेस्ट मात्र हो | सरकारले चीनसंग कुरा गरेर हुन्छ कि, भारतसंग कुरा गरेर हुन्छ : कोरियासंग कुरा गरेर हुन्छ कि WHO संग कुरा गरेर, NRN संग कुरा गरेर हुन्छ कि, निजि अस्पताललाई PCR टेस्ट को अनुमति दिएर …. जसरी भएपनि यो १० दिनमा बिभिन्न सहरमा, सिमाबर्ती क्षेत्रमा, सामुहिक बसाइका क्षेत्रमा ४०,००० व्यक्तिको PCR Test गरियोस |
.
त्यस्तै यो १० दिन पहिलेजस्तो खुला लकडाउन हैन, एकदम कडा लकडाउन होस् | पास, सोर्स, लुकिछिपी आदिबाट १ जना व्यक्ति पनि हिंड्न नपाओस् | ठूला सडकमा मात्र होइन, बस्तीभित्र प्रहरी परिचालन होस् | तरकारी बजार बन्द गरेर स्थानीय साना पसलमा उपलब्धता होस् | दिउँसो २ घण्टामात्र किनमेलको समय तोकियोस् |
.
यति गरेमा १० दिनपछि अत्यावश्यक सेवा, कृषि, कलकारखाना, निजि अस्पताल, निर्माण आदि खोल्ने आधार तयार हुन्छ | अन्यथा लकडाउनका धेरै किस्ता बाँकी रहनेछन् |
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.