पोखराको लेकसाइडमा पुर्व झापाबाट   भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास

२९ बैशाख २०७७, सोमबार

 

पोखरा ।

पोखरा-६ लेकसाइडमा साेमबार बिहान १० जनाकाेसमुह पुर्व झापाबाट  आएर एक होटलमा बसेको खबर प्राप्त भएको छ। स्थानीयका अनुसार स्ट्रीट नं ९ को पिसजोन होटलमा आएर उनीहरू बसेको स्थानीयले बताए। बैदाम प्रहरी कार्यलयका डिएसपी यादब ढकालले उक्त टोलिमा त्यस होटलका संचालक समेत आएको जनाए।

स्थानीय  बिष्णु पहारीले पोखरा पोष्ट सँग कुरा गर्दै भने ” हामीले प्रहरीलाई खबर गर्यौँ, प्रहरी आए प्रहरीले पोखरामा कीट नभएको हुँदा अन्य परीक्षणको केहि उपाय तत्काल नरहेको जनाउँदै घरमा बस्नुस भनेर हिडे।”  उनीहरु मध्य केहि टोलमा आवतजावत गरेको हुँदा टोलभरी त्रास सिर्जना भएको स्थानीयले बताए।

स्थानीयले  उनीहरूलाई पाेखरा महानगरपालिकाकाे क्वारेन्टाइनमा राख्न माग गरेका छन् ।

उनिहरुलाइ हाेटलमै क्वारेन्टाइनमा बस्न भनिएकाे डिएसपी  ढकालले जानकारी दिए ।

 

 

 

 

Leave a Reply