– राजिब बास्तोला
स्वभावैले एउटा मानिस जन्मन्छ,हुर्कन्छ र अन्ततःजिबनको गोरेटोबाट बिदा लिएर जान्छ,तर उसलाई चिनाउछ त केवल उसको उर्जाशिल जवानीको कर्मले चिनाउछ । त्यस्तै गरिकन एउटा मुलुकमा हरेक व्यवस्था स्थापित हुने प्रयत्नमा रहन्छन् तर जनतामाझ उसलाई चिनाउछ त केवल उसको जनता प्रतिको व्यवहारले चिनाउछ
। जतिबेला दलिय राजनीति माथी प्रतिबन्ध लगाइएको थियो,निर्दलिय पन्चायती व्यवस्था भएको बखत राजनीतिक अधिकारको निम्ति लड्नु स्वभाविक नै थियो । किनकी राजनितिक पार्टीहरु प्रतिबन्धित थिए अनि देशमा राजनीतिक स्वतन्त्रता बिना अरु स्वतन्त्रताको गुन्जायस नै थिएन । विद्यार्थी आन्दोलनले राजनितिक अधिकार को माग संगसंगै राष्ट्रीयता,जनजिविका र सामाजिक न्यायको लडाइँलाई समेत घनिभुत बनायो जसले सिङ्गो विद्यार्थी आन्दोलन लाई नै परिवर्तनकारी शक्ति बनेर प्रमाणित गराइदियो ।
त्यसैको जगमा निर्माण भएको २०४६ सालको जनान्दोलनले नागरिकको राजनितिक अधिकार लाई केही हदसम्म त सुनिश्चित गर्यो तर पुर्ण रुपमा भने २०६२/०६३ को संघर्ष मार्फत गणतन्त्र घोषणाले दिलायो । ०६३/०६३ को परिवर्तन एउटा यस्तो ऎतिहासिक मोड हो जसले देशलाई,समाजलाई नयाँ मुलबाटोमा ल्याएर छोडिदियो । नागरिकको राजनीतिक अधिकारको लडाइँ एक हदसम्म पार भयो र नागरिकको जनमत द्वारा आफ्ना प्रतिनिधि चयन मार्फत सरकार निर्माण हुन थाले ।
त्यसपश्चात को विद्यार्थी आन्दोलनको कार्यदिशा तय गर्न भने विद्यार्थी संगठनहरुले सकेनन् । अहिले देशमा बर्ग संघर्ष र बर्ग उठानको नाराको आधारमा स्थापित सुविधाजनक दुइतिहाइ प्राप्त कम्युनिस्ट सरकार छ,सरकारका आफ्नै गतिविधिले गर्दा नेपाली जनतामाझ अलोकप्रिय त हुँदै गएको थियो संयोगले विश्व महामारीको रुपमा फैलिएको कोरोनाको आगमन भयो । शक्तिशाली रास्ट्रहरुले समेत समाधानको बाटो पहिल्याउन नसकेको परिस्थितिमा हामीसंग त झन लकडाउन भन्दा अरु के बिकल्प थियो र,सरकारले घोषणा गर्यो ।
तर लकडाउन घोषणा किन गर्यो भन्ने प्रश्न भन्दा पनि करिब ३ महिनाको अवधिभर सरकारले नागरिक सुरक्षाका निम्ति कुनै कदम नै चालेन,जनताप्रति उत्तरदायी नै रहेन भन्ने कुरामा आपत्ति हो,लकडाउन घोषणा गर्दै गर्दा बिच बाटोमै अलपत्र नागरिक भोकमरीले मरिसके कि जीउँदै होलान् भन्ने कुराको खोजी नै गरेन । “घरमै बसौं,सुरक्षित रहौ”भन्दै गर्दा त्यसको अगाडी भिमकाय पहाडको रुपमा खडा हुन्छ भोक…।
जबको गासको सबाल आउँछ तब मानिसले हजारौं फलामे जन्जिरहरुलाइ पनि तोड्न बाध्य हुन्छ भन्ने कुराको हेक्का नै राखेन । जनतालाइ डोरीले बाधेर सिस्नोपानी लगाइरहेको छ सरकारले आज ,यस्तो विषम परिस्थितिमा पनि स्वास्थ्य सामाग्रीमा भ्रस्टाचार गर्ने सरकारलाई कुन भोको पेटले स्याबास भनिदिएला र…। ३ महिना जनता लकडाउनमा हुँदा सरकार संग जगेडामा भएको समय केवल अध्यायदेश र पार्टीभित्रको अन्तरसंघर्षमा खर्च गर्यो । यसै त गरिब मुलुकका जनता त्यसैमाथी कोरोनाको क्वारेन्टाइनमा गाई भैसिको गोठमा रहदा रास्ट्रपति कार्यालयको समाचार सुन्दा कति मन रोएको होला,त्यो कुरा सरकारले ख्यालै गरेन गर्यो त केवल आफ्नै सेवासुबिधाको मात्रै ख्याल गर्यो ।
हिजो जनयुद्धको बेला गरिब र निमुखालाई उन्मुक्तिको नारा घन्काएर सरकारी बिधालयका विद्यार्थीहरु अपहरण गर्दै एउटा चौरमा राखेर भासण गरिन्थ्यो र भनिन्थ्यो-पुजीवादी र सामन्तहरुका छोराछोरीहरु ले गुणस्तर युक्त शिक्षाको नाममा खरिद गरेर पढ्ने अनि पढाउने निजि बिधालय सबै खारेज गर्नुपर्छ,जातिय विभेद अन्त्य गर्नुपर्छ ।
तत्कालीन माओवादीका अध्यक्ष क.प्रचण्ड आज नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष हुनुहुन्छ,एकलौटी सरकार छ त्यो पनि सुविधाजनक । अनि सरकार आज भन्दै छ-“माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजि बिधालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक बिधालयको शैक्षिक पुर्वाधार सामाग्री सहित बिधालयको शैक्षिक गुणस्तर सुधारको जिम्मा लिनुपर्ने व्यवस्था गरेको छु” आज सरकारी बिधालय को नियमक निकाय बनाउनु थियो भने हिजो निजि बिधालय खारेजको नारा किन घन्काएको ? आज रुकुम घटनाको नरसंहारलाई ढाकछोप गर्नमा तपाइकै संसदको अहम् भुमिका रहदा नियन्त्रण गर्न नसक्ने परिस्थिति थियो भने जातिय उन्मुक्तिको नारा घन्काएर गणतन्त्रको नाममा हजारौं जनतालाई आफ्नो प्राण आउती दिन बाध्य किन बनाएको ? कोरोनाको सङ्क्रमण द्रुततर गतिमा बढिरहेको बेला बिधालय जस्तो जोखिमपुर्ण स्थल बिना साबधानी र बिना कार्ययोजना संचालनको आदेश जारी गर्नु कत्तिको जाहेज विषय हो ?
सरकार आज शैक्षिक माफियाको चपेटामा गुज्रिरहेको प्रमाणित गरेको छ । गैरजिम्मेवार ढंगले निर्णय गर्दै सरकार आज नागरिकको जिवनमाथी खेलबाड गरिरहेको छ,सरकारलाई चेतावनी दिन चाहान्छु-यिनै जनता हुन् हिजो राणा,पन्चायत र राजतन्त्रको दमनको बिरुद्ध लड्ने,जनता कसैको गुलाम होइनन् ।
सरकारको एकतर्फी र जनताबिरोधी निर्णयले आफै बिरुद्दको शशक्त आन्दोलनको आह्वान गरिरहेको छ,नागरिक र विद्यार्थी माथी गरेका यी गैरजिम्मेवार निर्णयका बिरुद्ध हिजोको ०३६ सालको जस्तै,हिजोको ०४६ सालको जस्तै,हिजोको ०६२/०६३ को जस्तै शशक्त जनान्दोलन र शैक्षिक आन्दोलनको मेरुदण्डको रुपमा रहेको विद्यार्थी जगत फेरि एकपटक त्यस्तै उर्जा,त्यस्तै जागर,त्यस्तै जोश अनि त्यस्तै जवानीको तातो रगतले शशक्त विद्यार्थी आन्दोलनको जनाउ घण्टी दिनुपर्ने बेला आएको छ,जय नेपाल ।
(लेखक:-नेविसंघ कास्कीका विद्यार्थी नेता हुन् )