भ्रम र हल्ला सबैभन्दा छिटो सर्ने सरुवा रोग हुन् | यहि भ्रम, हल्ला र कमजोर आत्मबलको कारण हामीलाई डर लाग्छ | डर जीवनबाट उत्पन्न हुँदैन, यो मनबाट उत्पन्न हुन्छ | हामीले भोलि केहि हुन्छ कि भनेर डर मान्छौं | डर जहिले पनि भविष्यको लागि गरिन्छ | जुन कुरा भएको छैन त्यो कुराको किन डर मान्ने ? अस्तित्व नभएको कुरासंग किन डराउने ?
.
हामीलाई कोरोना संक्रमण भएको छैन भने किन डराउने ? कोरोना संक्रमण भएको छ भने डराएर निको हुँदैन | भोलिकै कुरा गर्ने हो भने भोलि जे पनि हुनसक्छ, केहि पनि नहुन सक्छ | जीवन भनेको दैनिक घट्ने घटनाको सिक्री हो | हामी जीवित छौं र त रोग लाग्छ | सुख, दुख, रिस, इर्श्या,डर आदि मनका भाव मात्र हुन् | भाव भनेको घटना होइन, बास्तबिकता होइन |
.
मैले बुझेसम्म अहिले मलाइ कोरोना संक्रमण भएको छैन | मलाइ कोरोना संक्रमण भएर निको भएको हुनपनि सक्छ | मलाइ भोलि कोभिड लाग्न पनि सक्छ | कोरोना संक्रमण भयो भने म चिन्तित हुने छैन | आराम गर्नेछु, पुस्तक पढ़नेछु, गीत सुन्नेछु, साथीहरुलाई फोन गर्नेछु, जे सम्भव छ त्यो खानेछु, जडिबुटी र मरमसला तातो पानीसंग खुब पेल्नेछु, ज्वरो आए सिटामोल खानेछु, खोकी लागे कफ सिरप खानेछु, कमजोरी महशुष भए डाइट खानेछु | हल्का व्यायाम गर्नेछु, योग र ध्यान गर्नेछु, दैनिक डायरी लेख्नेछु ..| यसो गर्दा गर्दै मेरो स्वाब टेस्ट गर्न प्राबिधिक आउनेछन् | अर्को दिन फोन गरेर भन्नेछन् – सर, बधाई छ तपाइंलाई, तपाइंले कोरोना जित्नुभयो | म छक्क पर्नेछु र मनमनै भन्नेछु – सुतेरै जितें यार कोरोनालाई |
…
अनि फोन गर्ने मान्छेलाई भन्नेछु – ‘ कोरोना त जितें मैले, तर जित्नुपर्ने रोगहरु लाखौँ छन् | ती मध्ये कुनै रोगबाट मृत्यु भयो भने मेरो भौतिक देहबाट स्वाब निकालेर, परिक्षण गरेर तथा १० दिनपछि रिपोर्ट निकालेर कोरोना संक्रमणले फलानोको मृत्यु भयो भनेर नभन्नुहोला है |’