पोखरा । काठमाडौंमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका कास्कीका ६० वर्षे पुरुष पाेखराकाे अालुमाईला चाेकमा बस्दै अाएका खुलेको छ । कास्कीका संक्रमित पुरुष ३ दिन अघि उपचारका लागि काठमाडौ गएका थिए।
बुधबार बिहान कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
काठमाडाैं पुगेलगत्तै उनकाे स्वाब संकलन गरिएकाेमा शुक्रबार नतिजा पाेजेटिभ आएकाे थियो ।
पाेखरामा अाज पहिलो कोरोना पाेजेटिभ केस देखिएपछि पछि पाेखरावासी त्रसित बनेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीसंग सम्पर्कमा रहेका ब्यक्तिहरुकाे ट्रेसिङकाे काम शुक्रबार दिउँसाेबाटै कन्ट्याक्ट ट्रेसिङ थालेकाे छ ।