कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४  पुग्याे

२४ जेष्ठ २०७७, शनिबार

 

कास्की ।

कास्कीको रुपा गाउँपालिकाका २ जना ब्यक्तिमा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ ।शनिबार २३ र ३२ बर्षीय पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यसैगरी पाेखरा महानगरपालिकाका ५९ बर्षीय पुरुषमा पनि काेराेना संक्रमण देखिएकाे छ ।  उनिहरुलाई जिल्ला अस्पतालकाे अाईसाेलेसनमा लैजाने तयारी भईरहेकाे निर्देशक डा.विनाेद विन्दु शर्माले जानकारी दिए।

शुक्रबार कास्कीका ६० बर्षीय पुरुष मा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे थियाे ।याे संगै कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुगेकाे छ ।

Leave a Reply