कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु

२४ जेष्ठ २०७७, शनिबार

पाेखरा ।कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा अाज एक महिलाको मृत्यु भएको छ।पाेखरा -३० खुदिकी ३७ बर्षीया महिला अचानक बेहाेस भए पछि उनलाई अस्पताल ल्याईएकाे बताईएकाे छ ।

अस्पतालका मेसु डा. प्रकाश भट्टराईका अनुसार अस्पताल ल्याईपुर्याउदा उनकाे मुटुको धड्कन राेकिसकेकाे र सिपिअार बिधिबाट उपचार गर्दा समेत धड्कन नचलेपछि उनलाई मृत घाेषणा गरिएको थियाे ।

उनी दमकाे विरामी भएकाे बुझिएकाे छ । शनिबार बिहान वान्ता गरेपछि स्थानीय मेडिकल बाट अाैषधी खाएकाे र केही समय पछि अचानक बेहाेस भएकाे बताईएकाे छ ।

बेहाेसी अबस्थामानै दिउँसो करिब १ बजे अस्पताल ल्याईएकी उनकाे अाधा घण्टा पछि निधन भएकाे डा. भट्टराईले पाेखरा पाेष्टलाई जानकारी दिए ।उनकाे काेराेना परिक्षणका लागि पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान काेराेना प्रयाेगशालामा स्वाब पठाईएकाे छ ।

Leave a Reply