पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि

५ असार २०७७, शुक्रबार

पाेखरा।  पाेखरामा पहिलोपटक महिलामा पनि काेराेना संक्रमण देखिएकाे छ ।

शुक्रबार बिहानकाे स्वास्थ्य निर्देशनालय गण्डकीकाे अद्यावधिक बिबरण अनुसार पाेखराका २ जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जनाईएकाे छ।

पाेखरा -१० का ३० र ५६ बर्षका महिलामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे।

उनिहरुलाई पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालकाे अाईसाेलेसन कक्षमा लैजाने तयारी भईरहेकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

Leave a Reply