लायन्सको चौथो क्याबिनेट मिटिङ मंगलबार हुने

0
417

पोखरा । लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १, नेपालको चौथो क्याबिनेट मिटिङ असार ९ गते मंगलबार हुने भएको छ । कोरोना महामारी र लकडाउनका कारण जुम प्रविधिको माध्यमबाट क्याबिनेट मिटिङ गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले जानकारी दिइन् ।

मंगलबार दिउसो ४ बजेदेखि हुने क्याबिनेट मिटिङको उद्घाटन प्रमुख अतिथि लायन्सका पास्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले गर्नेछन् । ‘कि नोट स्पिकर’मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्यमशीलता सम्बन्धी मन्तव्य राख्ने कार्यक्रम छ ।

क्याबिनेट मिटिङको सम्पूर्ण तयारी पुरा भएको क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए । कोरोना महामारीको समयमा राहत वितरण लगायत सामाजिक सेवामा उत्कृष्ट कार्य गरेका लायन लिडरहरुलाई सम्मानसमेत हुने उनले बताए ।

क्याबिनेट मिटिङको होस्ट लायन्स क्लब अफ पोखरा मिड टाउनले गर्दैछ । क्याबिनेट मिटिङको लागि होस्ट क्लबको तर्फबाट गर्नुपर्ने आवश्यक सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।