कास्कीका ८ सहित गण्डकीमा थपिए १७ जना संक्रमित

१६ असार २०७७, मंगलवार

पाेखरा। मंगलबार बिहान कास्कीका ८ सहित गण्डकी प्रदेशमा १७ जना नयाँ काेराेना संक्रमित थपिएका छन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ | प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा कास्कीका ८ सहित तनहुँका ५,स्याङ्जाका १,लमजुङका ३ जना व्यक्तिमा पनि काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |
साथै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २१४  पुगेको छ |

Leave a Reply