पाेखरा। कास्कीका १४ सहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।