सरिता तिम्सिना पगेनी
पोखरा ।काँग्रेसको अासन्न १४औं महाधिबेशनमा महिला सहभागीता बढाउनु पर्नेमा नेपाली काँग्रेसका महिला नेताहरूले जोड दिएका छन् । शनिबार पोखरामा नेपाल महिला संघ कास्कीले नेपाल महिला संघको ७३ औं स्थापना दिबसको अवसरमा आयोजना गरेको भर्चअल अन्तरक्रियाका बत्ताहरुले सो कुरमा जोड दिएका हुन । कार्यक्रमका प्रमुख बत्ता राष्ट्रिय शभाका पुर्व सदस्य बृन्दा देबी आले राना मगरले नेपाली काँग्रेसको संसोधित बिधानमा तल्लो निकाय देखि माथिल्लो निकाय सम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको जानकारी गराउदै आसन्न्न १४ औं महाधिबेशनमा महिलाको अर्थपुर्ण सहभागीता गराउन महिला संघ लाग्नु पर्ने बताउनु भयो ।उहाँले महिलालाइ प्रमुख पदमा स्विकार्न अझै पनि राजनितिक दल तयार नभएको आरोप लगाउनु भयो ।वर्तमान नेकपाको सरकारमा महिलाको प्रतिनिधित्व न्युन रहेको भन्दै रानाले संबिधानले ब्यबस्था गरेको राज्यको हरेक निकायमा ३३ प्रतिशत सुनिश्चितताको सवाललाइ सरकारले कार्यान्वयन नगरेको प्रति दुःख ब्यक्त गर्नु भयो ।
पुर्ब कानुन मन्त्री यज्ञ बहादुर थापाले महिलाको अर्थपुर्ण सहभागीताको लागि आफु सधै महिला संघको साथमा रहेको बताउनु भयो ।उहाँले कोरोना कहर बिच क्रियाशिल सदस्यता बितरणमा जुट्दा सामाजिक दुरी सहित सजगता र सर्तकता अपनाउन पनि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति कृण्ण केसीले नेपाल महिला संघ विना काँग्रेस अपुरो हुने धारणा राख्दै नेपाली काँग्रेसको नेतृत्वमा भएका हरेक परिवर्तनमा नेपाल महिला संघले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।
नेपाल महिला संघका केन्द्रीय सदस्य तारा अधिकारीले महिला माथि हुने सबै प्रकारका भेदभाबको अन्त्यका लागि नेपाल महिला संघले आवाज उठाइरहेकोे बताउनु भयो।
नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिब सुदिप मोहन भट्टराइ, कोषाध्यक्ष लक्ष्मी पाण्डे,सहसचिब रंगिला आचार्य ,नेपाल महिला संघका पोखरा नगर सभापति माया बराल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी,केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य सरस्वती गुरुड ,महिला संघ कास्कीमा उपाध्यक्ष गौरी साप्कोटा, टेकनशोभा गुरुड,खीम कुमारी गुरुड,अप्सरा श्रेष्ठ, ,तीर्थ बरुवाल, विमला भण्डारी लगायत कास्की महिला संघमा आबद्ध नेताहरुले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत महिला संघ कास्कीमा उपाध्यक्ष अनिता तिमिल्सीना,धन्यबाद सचिब कमला बराल र कार्यक्रमको सञ्चालन सचिब सीता गुरुडले गर्नुभएको थियो ।
नेपाली काँग्रेसले १४ औं महाधिबेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता बितरण सुरु गरिसकेको छ ।